saichhik-mahotsobदाङ ८ मंसिर । दाङको घोराहीमा हुने शैक्षिक महोत्सबलाई सफल बनाउन आर्थिक संकलनको अभियानलाई तिब्र बनाईएको छ । दाङको घोराहीमा यहि मंसिर ३० गते देखि पौष ६ गते सम्म सञ्चालन हुने सातौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सब २०७३ सफल बनाउन आर्थिक संकलन कार्यलाई तिव्र बनाईएको हो ।

पठन संस्कृतिलाई बढवा दिदै समग्रमा शैक्षिक विकासका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति दाङ शाखाले आयोजना गरेको महोत्सबको तयारी भैरहेको छ ।

शैक्षिक महोत्सब आयोजक समितिका संयोजक घनश्याम बरालले महोत्सब सञ्चालनका लागि विभिन्न उद्योगी ब्यबसायी, प्रकाशन गृह, जिल्लाका विभिन्न निजि तथा सामुदायीक विद्यालयहरुले आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनु भएको जानकारी दिनुभयो । महोत्सबमा धेरै भन्दा धेरै विद्यालयको सहभागिता बनाउने उदेश्यले अहिले विद्यालय प्रशासनसंगको भेटघाटलाई तिव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक सुन्दर गौतमले जानकारी दिनुभयो ।

घोराही र तुलसीपुरका विभिन्न विद्यालयहरुमा महोत्सब मुल आयोजक समितिले भेट गरेर आर्थिक सहयोग समेत संकलन गरेको छ । पठन संस्कृतिको विकाश गर्ने, विद्यार्थीहरुमा प्रतिष्पर्धी भावनाको विकाश गरी क्षमता अभिबृद्धि गर्ने, साहित्य र सिर्जनालाई अभिप्रेरित गर्ने, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सम्मानित व्यक्तित्व एवं संस्थाहरुलाई सम्मान गरी गौरवान्वीत बनाउने, र व्यवसाय प्रबद्र्धन गर्ने, सर्जक, उत्पादक, वितरक र पाठक एवं उपभोक्तहरुलाई एकै ठाउँमा उपस्थित गराउने महोत्सबको मुख्य उदेश्य रहेको अध्यक्ष बरालले बताउनुयो ।

यस्तै महोत्सबमा विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत हुने भएका छन । शैक्षिक महोत्सबमा विभिन्न विद्यालयका सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरीने छन भने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरीने महोत्सबका संयोजक खरालले जानकारी दिनुभयो।