Aadibasi-Janajatiतुलसीपुर ८ मंसिर ।  नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मेटमणि चौधरीले जनजातिहरुले अग्राधिकार एमालेकै कारण प्राप्त गरेको बताएका छन् । नेपाल लोकतान्त्रिक जनजाति महासंघ दाङले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै चौधरीले अंगिकृतधारीहरुलाई कुनै पनि हालतमा राज्यको सर्वोच्च निकायमा पु¥याउने माओवादी केन्द्र र काग्रेसको नीतिलाई एमालेले फेल गराउने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले जनजातिहरुलाई एमालेले मात्र सम्मान गर्ने संस्कृति बसालेको बताएका छन् । नेपाल लोकतान्त्रीक आदिबासी जनजाति महासंघ दाङका अध्यक्ष डिल्ली पुनको अध्यक्षता एवम नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खडकाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एमाले दाङका उपसचिव सुरामणि बेलबासे, अखिल नेपाल महिला संघ दाङकी अध्यक्ष मीना गुरुङ, नेपाल लोकतान्त्रीक जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष शान्ता चौधरी, सहकोषाध्यक्ष रामप्रसाद चौधरी लगायतकाले बोलेका थिए । मनिराम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कैलाश रोकामगरले गरेका थिए ।

शान्ता र रामप्रसाद सम्मानित
नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासघं दाङले शान्ता चौधरी र रामप्रसाद चौधरीलाई सम्मान गरेको छ । संघको राजधानीमा भएको महाधिबेशनबाट शान्ता चौधरी केन्द्रीय उपाध्यक्ष र रामप्रसाद चौधरी केन्द्रीय सह—कोषाध्यक्षमा चयन भएको घोराहीमा सम्मान गरिएको हो ।

संघका जिल्ला अध्यक्ष डिल्ली घर्तीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष टीकाराम खड्काको विशिष्ट आतिथ्यतामा शान्ता चौधरी र रामप्रसाद चौधरीलाई सम्मान गरिएको हो ।