1421147_521469691283217_1144189635_oतुलसीपुर ८ कात्तिक ।  सिंचाई मन्त्री दिपक गिरीले बुधबार दाङको पश्चिम क्षेत्रका कार्यकर्तासंग भेटघाट गरेका छन् । त्यसक्रममा बिभिन्न पार्टी परित्याग डेढसय भन्दा बढिले काग्रेसमा प्रबेश गरेका छन् ।

पुरन्धारामा माओवादी केन्द्रका जिल्ला सल्लाहकारी सहित एक सय ३५ र पवननगरमा ३५ जनाले काग्रेसमा प्रबेश गरेका छन् । नव प्रबेशीलाई सिंचाई मन्त्री एबं काग्रेस क्षेत्र नंबर पाँचका जननिर्बाचित सांसद दिपक गिरीले स्वागत गरेका थिए ।

पवननगर गाउँ कमिटिले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा ३५ जनाले प्रबेश गरेको नेपाली काग्रेस दाङका सचिब संकर डाँगीले जानकारी दिए । पवननगर गाउँ कमिटिका सभापति फलकुदत्त भण्डारीको सभापतित्व तथा सिंचाईमन्त्री दिपक गिरिको प्रमुख आतिथ्यता एबं जिल्ला सभापति किर्तीबहादुर खड्काको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै मन्त्री गिरीले दाङको बिकासका लागि आफु हरप्रयास हाँजिर हुने बताए । त्यस्तै सिंचाई मन्त्री गिरीले बाघमारे गाबिसमा रहेको सिंचाई कुलोको सिलन्यास गरेका छन् । बाघमारे गाँउ कमिटिले आयोजना गरेको कार्यक्रममा बोगटे कुलोको सिल्न्यास गरिएको हो । बघमारे गाउ कमिटिका सभापति देविराज रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यस्तै पुरन्धारमा पनि सिंचाई मन्त्री गिरीले कार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन् । पुरन्धार गाउ कमिटिका सभापति बल बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा माओवादी केन्द्रका सल्लाहकार शेरबहादुर खड्का सहित एक सय ३५ जनाले नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।

कार्यक्रमको सहजीकरण सचिब गणेश केसीले गरेका छन् । त्यस्तै मन्त्री गिरीले पन्चकुलेमा पनि कार्यकर्ता भेटघाट गरेका छन् । काग्रेस पन्चकुलेको आयोजनामामा त्यहाँका कार्यकर्तासंग भेटघाट भएको हो ।