तुलसीपुर ८ कात्तिक । विद्यालय भित्र राजनिति गर्न नहुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । तुलसीपुर १९ उरहरीमा रहेको अमर माध्यमिक विद्यालय को अभिभावक भेलामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
उनिहरुले विद्यालय जस्तो पवित्र ठाउमा राजनिति गरेर विद्यार्थिहरुको भविष्यमाथि खेलवाड गर्न नुहनेमा जोड दिएका छन । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर बुढाको अध्यक्षता तथा विद्यालय निरीक्षक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यता एवं श्रोत ब्यक्ति विष्णु कुमारी केसीको विशिष्ठ आतिथ्यमा भेला सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले सवैको चासो भएपछि मात्र विद्यार्थिको नतिजा सुध्रीने बताउनुभएको छ । उहाले विद्यार्थिको नतिजा सुधार्नका लागि अभिभावक विद्यार्थी र शिक्षकको त्रिकोनात्मक सम्वन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय ब्यबस्थापन समितिका सदस्य यूवराज केसीको स्वागत मन्तव्य बाट सुरु भएको भेलामा पूर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु मान बहादुर रावत , पोषणराज बस्नेत, काग्रेसका खिम बहादुर वली , बोधिलाल भण्डारी , एमालेका शोभाराम बस्नेत, टेक बहादुर केसी , माओवादि केन्द्रका केदार आचार्य , वि.ब्य.स. सदस्य शुस्म गिरी , लगायतले बोल्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले विद्यालयको गतिविधको बारेमा जानकारी गराउनुभएको थियो । भेलाको सहजिकरण सहायक प्रधानाध्यापक पदम बहादुरवलीले गर्नुभएको थियो ।
यसैविच भेलाले नया विद्यालय ब्यबस्थापन समिति सर्वसम्मतीमा चयन गरेको छ । जस्को अध्यक्षमा गुरु प्रसाद आचार्य रहनुभएको छ । त्यसैगर िसदस्यहरुमा टेक बहादुर के.सी, केदार आचार्य , पदमा केसी , तुलसा भण्डारी , पार्व्ति वली रहनुभएको छ । त्यसैगरी शिक्षक प्रतिनिधमा शिक्षक निर्मल कुमार वली र सदस्य सचिबमा प्रधानाध्यापक पदम प्रसाद न्यौपाने रहनुभएको छ ।
त्यसैगरी लिलाधर डागीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरीएको छ । जस्को सदस्यष्हरुमा क्षेत्र बहादुर गिरी , बसुन्धरा पाण्डेय ,गोमा चौधरी , शुस्मा भण्डार ि, कृष्ण बहादुर वली लगायत रहुनएभको छ ।











