keraka-berna-utpadanतुलसीपुर ८ मंसिर ।  मध्यपश्चिममै पहिलो पटक दाङमा केराको बिरुवा उत्पादन शुरु भएको छ । दाङलाई केरा खेतीमा आत्मनिर्भर गराउने उदेश्यले मध्यपश्चिममा पहिलो पटक दाङको फुुलवारीमा केराको विरुवा उत्पादन सुुरु गरिएको हो । साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको १ करोड २६ लाख ८७ हजार ४ सय १५ रुपैयाको लागतमा केराको बिरुवा उत्पादन शुरु भएको हो ।

आयोजनाले वार्षिक दुई लाख केरा उत्पादन गरि मध्य र सुुदुुर पश्चिमाञ्चलक्षेत्रमा विक्रि गर्ने लक्ष्य राखिएको रेशम खड्काले बताए । सोही अबशरमा जिल्ला कृषि विकाश कार्यालयका वरिष्ठ अधिकृृत दिपक शर्माले दाङमा मध्यपश्चिममै पहिलोपटक केराको विरुवा उत्पादन सुुरु कृषि क्षेत्रका लागि सकारात्मक पक्ष भएको बताएका छन् । जसले मध्यपश्चिममा मात्र नभई नेपालको अन्य जिल्लामा पनि सेवा दिन सकिने बताए ।

कार्यक्रममा कृषी सेवा केन्द्र तुुलसीपुुुरका प्रमुख पशुुपती शर्मा, फुुलवारी गाविस सचिव थानेश्वर न्यौपाने, अदुुवावाली अनुुसन्धान केन्द्र कपुुरकोटका कृषी अधिकृृत मनोज वस्नेत, कृषी उद्यमी रेशम खड्का लगायतले बोलेका थिए ।

रिजमको आर्थिक सहयोग सेवा प्रदायक संस्था कृषि स्नातक समाज रास नेपाल अन्र्तगत सुर्योदय वहुउद्देश्यीय कृषि फर्मले सो कार्यक्रम गर्ने लागेको हो । सर्वोदय कृषी फर्म का अध्यक्ष उदय वोहोराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृषि क्याम्पसका प्रशासकिय अघिकृत विष्णु केसीले गरेका थिए ।