काठमाडों, ८ मंसिर । मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते भएका छन्।

chitra-bahadur-kc-4-001-1घाइते केसीको केएमसी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको र ढाडमा चोट लागेको भतिजा हिरा केसीले जानकारी दिएका छन् । माइक्रोबाट लडेपछि उनलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल ल्याएको पुर्याइएको थियो ।