इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । २०७१ सालको साउन २९ गते राति सम्झदा अहिले पनि वखरियावासीहरु झस्कन्छन् । त्यो रात जव वबई नदिमा वाढी आयो अनि फुलवारी–६ वखरिया गाउँ डुवानमा प¥यो । वाढीका कारण त्यस क्षेत्रका करीव ६४ भन्दा वढी घर डुवानमा परे अनि क्षति ग्रस्त भए ।

dscn0564-copyतर, वाढी आएको दुई वर्ष वित्तिसक्दा अहिले वखरिया गाउँ रमाइलो बन्दै गएको छ । ववई नदिको पुल पारीको चोक पछिल्लो अवस्थामा बजार बन्दैछ । त्यहाँका केही वाढी पीडित वाहेक धेरैले घर निर्माण गरिसकेका छन् ।

‘त्यो रात सम्झदा अहिले पनि मुटुले ठाउँ छोडेर आउछ’, ०७१ साउन २९ गतेको रातलाई सम्झना गर्दै देवीराम कुसारीले भने, ‘तर पछिल्लो समयमा पीडा केही कम हुदै गएका छन्, बजारको सुरुवात भएको छ ।’

dscn0567त्यसवेला ववई पुलदेखि माथितर्फबाट वाढी पसेर गाउँ डुवानमा परेको थियो । तर अहिले त्यस क्षेत्रमा कच्ची भएपनि बाँध बनेको छ । तर बाँध पनि समयमा स्हार नपाउदा जिर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

dscn0558

जिर्ण बन्दै गएको क्रच्ची बाँध

त्यतिवेला नभएपनि अहिले अपाङग मानवअधिकार एवं सरोकार मञ्च दाङले त्यहाँस्थित ववई नदिको पुलमा वाढी कति आयो भनेर मापनका लागि मिटर राखिदिएको छ । जुन मिटर वाढी आएको समयमा त्यहाँका स्थानीहरुले हेर्दै कति खतरा बन्दैछ भनेर सचेतता अपाउने गरेका छन् ।