काठमाडौं, ८ मंसिर । अन्तः मधेसी मोर्चा संविधान संसोधनमा सहमत भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउने सहमति भएको छ । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव अघि बढाउने विषयमा सहमति भएको छ ।

2fc408851c9e0423e327dce23760d6d3बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको छ । बैठकमा प्रधानमन्त्रीले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेस गरिने, प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरूले यसप्रति सकारात्मक धारणा राखेका छन् । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन सरकार र मोर्चाबीच भएको छलफलमा मोर्चाले प्रचण्ड प्रधानमन्त्री हुनुअघि भएको तीन बुँदे सहमतिको पेरिफेरीमा रहेर सहमति जनाएको बताइएको छ ।

बैठकपछि माओवादी केन्द्रका नेता बर्षमान पुनले सत्तारुढ पार्टीहरु बसेर भएको छलफलका आधारमा संसोधन प्रस्ताव संसदमा लैजाने सहमति भएको बताए । ‘सहमति भएको छ अब ड्राफ्ट बनाउने काम अघि बढ्छ ।

ड्राफ्ट बनाउने काम सरकारको हो र त्यसका लागि सत्तारुढ पार्टीहरुका वीचमा सल्लाह हुन्छ,’ उनले भने, ‘सिमांकन, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय र नागरिकताको विषय समेटेर संसोधन प्रस्ताव चाँडै दर्ता हुन्छ ।’