दाङ, ८ मंसिर ७ । दाङमा अर्को एम्वुलेन्स सञ्चालनमा आएको छ । जनकल्याण ग्रामिण पहँुच बिकास संस्था घोराही दाङले अर्को एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । नेपाल—भारत सहयोगमा भारत स्वतन्त्रता भएको दिवस पारेर नेपाल स्थित भारतीय दुताबासले एम्वुलेन्स संस्थालाई हस्तान्तरण गरेको हो ।

a1-1संस्थाले गरिव तथा बिपन्न बर्गका बिरामीलाई छुट तथा सम्वन्धित निकायको सिफारिसमा निशुल्क सेवा समेत दिइने संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । २०६६ सालमा दर्ता भएको संस्थाले बिभिन्न सिपमूलक तथा आयआर्जन सम्वन्धि तालिम सञ्चालन गर्दै आइरहेको छ । एम्वुलेन्समा हुने सम्पूर्ण सुविधा रहेको उक्त एम्वुलेन्सले चौविसै घण्टा सेवा दिने अध्यक्ष पौडेलले जानकारी दिए ।