इन्द्रेणी संवाददाता
घोराही, ७ मंसिर । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयु क्रान्तिकारी महेन्द्र वहुमुखी क्याम्पस इकाई कमिटीको वैठक सम्पन्न भएको छ ।
इकाई अध्यक्ष प्रदिप विष्टको अध्यक्षता एवम प्रदेश नं ६ का सह संयोजक प्रविण शर्माको प्रमुख आतिथ्यता तथा जिल्ला इन्चार्ज गोपाल घर्तीको विशिष्ट आतिथ्यतामा वैठक सम्पन्न भएको हो ।

वैठकले विगत लामो समय देखी स्ववीयु कामकाजी नभएको अवश्थामा विए र विविएसका विद्यार्थीहरुले पाउनु पर्ने छात्रवृत्तिको रकम नपाइराखेकाले विद्यार्थीहरुलाई छात्रवृत्ति उपलव्ध गराउनको निम्ती अनेरास्ववीयु क्रान्तिकारी महेन्द्र वहुमुखी क्याम्पस इकाइ कमिटीले प्रशाशनसंग छलफल गरी चाडो भन्दा चाडो छात्रवृति वितरण गर्न पहल गर्ने निर्णय गरेको छ । साथै वैठकले स्ववीयुलार्इ लक्षित गरी संगठन विस्तार , सुदृढीकरण तथा सदस्यता वितरण गर्ने तथा दशै तिहार विदा अवधीमा क्याम्पस प्राङ्गण वरीपरी भएको फोहोरलाई मध्यनजर गर्दै क्याम्पस प्रसाशन संग समन्वयन गरी कात्तिक १२ गते आइतवार सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको छ ।

वैठकमा केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष सन्तोष पोख्रेल केन्द्रिय जंग रोका सृजनकुमार रेग्मी जिल्ला कार्यालय टिमका सदस्य सुवास वस्नेत सोभियत घर्ती लगायतले मन्तव्य राख्नु भएको इकाई सचिव गिरवहादुर महराले जानकारी दिएका छन् ।