lsl/ofdf gfafns 5f]/L u'NdLsf] k'sf]{6bxdf ;'Ts]/L cfdfsf] pkrf/sf] qmddf d[To' ePkl5 lsl/of a;]sf b'O{ 5f]/Lx? . t:jL/ M hgfb{g l3ld/], uNdL, /f;;

गुल्मी, ७ मंसिर । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका  छन् ।पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए ।

lsl/ofdf gfafns 5f]/L u'NdLsf] k'sf]{6bxdf ;'Ts]/L cfdfsf] pkrf/sf] qmddf d[To' ePkl5 lsl/of a;]sf b'O{ 5f]/Lx? . t:jL/ M hgfb{g l3ld/], uNdL, /f;;
कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो । ‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनको मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भने, ‘अहिले १३ वर्षकी सङ्गिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् ।

गाउँलेकै सल्लाहअनुसार पतिलाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उनले बताए ।

उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्न आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस ९ का विश्व भुसालले बताए ।

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावका कारण उनलाई सुरुमा उपचार गर्न लगिएको थिएन । तर सिकिस्त भएपछि अर्घाखाँचीको सन्धिखर्क र त्यहाँबाट बुटवल पर्‍याइए पनि बढी खर्च लाग्ने भएपछि परिवारका सदस्यले सहयोग जुटाउन सकेनन् ।