काठमाडौं, ७ मंसिर । भारतीय योग गुरु रामदेव मंगलबार काठमाडौं उत्रिएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंहले नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरेका छन् ।
वीरगन्जमा योग शिविर सन्चालन गर्न नेपाल आएका रामदेवलाई नेपाली ढाका टोपी र बुद्धमार्गीहरुले पहेलो खादा लगाइदिएर स्वागत गरेका हुन। ढाका टोपी र खादा लगाएको फोटो ट्वीटरमा पोष्ट गर्दै योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको जनाएका छन्।
रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन्। यसअघि २०७२ वैशाखमा काठमाडौंमा रामदेवले योग शिविर सञ्चालन गरेका थिए।
