sekhar-koirala तुलसीपुर ७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रियता र लोकतन्त्र मजबुत पार्ने दायित्व काँग्रेसको भएको बताएका छन् । नेपाली काँग्रेस दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै  नेता कोईरालाले सरकार र सर्वाेच्च अदालत समेत अराजक बन्दै गएकोले राष्ट्रियता र लोकतन्त्र रक्षा गर्ने दायित्व काँग्रेसको काँधमा आएको बताएका हुन । उनले भने ‘ अहिले सरकार र सर्वाेच्च अदालत दुबै अराजक छन् , यस्तो अवस्थामा काँग्रेस सजग बन्न जरुरी छ ।’

उनले थपे ‘मुलुकका कार्यकारी प्रधानमन्त्रीले भारतमा गएर नौं जना प्रहरी अधिकारीको हत्या अभियुक्त मोष्ट वान्टेन्डलाई गोप्य रुपमा भेट्छन् अनि दोस्रो दिन गृहमन्त्रीले मुद्दा फिर्ता लिन्छु भन्छन् , त्यो जस्तो अराजक सरकार कुरा के हुन्छ ।’ कैलालीमा भएको हिंसात्मक घटनाको वारेमा उल्लेख नै नगरी नेता कोईरालाले थपे ‘ यस्तो अवस्थामा प्रहरीको मोरल के हुन्छ ।’ उनले गम्भिर अपराधका दोषीलाई उन्मुक्ति दिन नहुने बताएका थिए ।  नेता कोईरालाले सरकारका कार्यकारी  प्रमुख विदेश भ्रमणमा गएर नेपालमा दर्जनौ प्रहरीको हत्यागर्ने हत्यारालाई भेटनु र सर्वोच्च अदालतले मिडयावाजी गरेर लोकमानलाई कार्वाही गर्छु भन्नु अराजकताको परकाष्टा भएको बताए ।

उनले यस्तो अवस्थामा काँग्रेस टुलुटुल हेरेर बस्न नहुने धारणा व्यक्त गरे । सांसद समेत रहेका कोईरालाले सर्वाैच्च अदालत एनजियो र आईएनजियो वाट चरिरहेको बताए । उनले विश्वमा न्यायलय आईएनजियो र एनजिओवाट कतै नचलेको समेत बताए । लोकमानले गल्ति गरेकोले लोकमान जाुनको विकल्प नरहेको उनले बताए । तर, उनले काँग्रेसले कसैको लहडमा काम नगर्ने भएकोले लोकमान गएपनि प्रजातन्त्रिक संस्था अख्तियार भने बलियो हुनपर्नै तर्क प्रस्तुत गरे । उनले लोकमान पहिले देखि नै खराव व्यक्ति भएकोले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति गर्नु नै गलत भएको बताए ।

उनले भने ‘ लोकमानलाई प्रमुख नगराउँ भन्दाभन्दै नेतृत्वले मानेन र अहिले त्यसको फल देशले भोगिरहेको छ ।’ तर, उनले काँग्रेसलाई नसोधले महाअभियोग प्रस्ताव दर्ता गरिएकोले काँग्रेस एमाले र माओवादीको खटन पटनमा नहिड्ने स्पष्ट पारे ।  उनले भने ‘ गगन लगायतका नेताले गरेको प्रस्तावमा सहमति जनाएर  लोकमानलाई महाअभियोग दर्ता गरेको भएपनि काँग्रेसलाई वाध्यता हुनु थियो , काँग्रेसलाई वेवास्ता गर्ने अनि एमाले माओवादीको उक्त मुद्दामा  हामिलाई सहयोग गर भन्नु काँग्रेसलाई स्वीकार्य छैन ।’लोकमान प्रकरणमा नेपाली काँग्रेसले नागरिकको भावना अनुसार निर्णय गर्ने उनले स्पष्ट पारेका थिए ।

उनले संविधानलाई कागजको खोष्टो हुन नदिनका लागि निर्वाचन अपरिहार्य भएको बताएका थिए । २०७४माघ ७ गते भित्र जसरी भएपनि निर्वाचन गर्नुपर्ने बाध्यता रहेको उनले बताएका थिए । पार्टी भित्रको आन्तरीक कलह प्रजान्त्रको हित विपरित भएको बताएका उनले काँग्रेसले नयाँ सविंधान कार्यान्वयनका लागि सरकारमा गएको बताए । एमाले वाट त्यो संभावना नदेखिएपछि सरकार परिवर्तनमा काँग्रेस लागेको उनको धारणा थियो । तर, उनले एमाले र मधेशलाई उपेक्षा गरेर संविधान कार्यान्वयन हुन नसक्ने उनले बताएका थिए । एमालेलाई उपेक्षा गरेर नयाँसविंधान संसोधन र कार्यान्वयन हुन नसक्ने उनले बताएका थिए ।
मधेसीका जायज माग तत्काल सम्वोधन गरी सविंधान संसोधन गर्नुपर्नै उनले बताए । नेता कोइरालाले काठमाण्डौमा वस्नेले मधेसको राष्ट्रियता प्रतिको भावना वुझन नसकेको आरोप लगाए ।

मधेसीले सिमाको रक्षा गरेर राष्ट्रियताको रक्षा गरेकाले मधेशलाई उपेक्षा गर्दा सम्म मुलुकले निकास नपाउने बताएका थिए । उनले भने ‘ मधेश नेपाल मै छ भन्ने शिर्ष नेताहरुले स्वीकार नगर्दा सम्म समस्या समाधान हुने छैन ।’ फरक प्रशंगमा उलने पार्टी भित्रको आन्तरिक एकताको लागि व्यक्तिगत स्वार्ग त्याग्न जरुरी रहेको बताए । उनले सम्प्रदायिक र क्षेत्रीय राजनीति त्याग्न आग्रह गर्दै एकतावद्ध काँग्रेसको पक्षमा काम गर्न आग्रह गरेका थिए ।  उनले स्थानिय निवार्चनका लागि तयारी रहन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले देश धर्म निरपेक्ष भएको कुरा आँफुलाई समेत चित्त नबुझेको बताएका थिए ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दे काँग्रेसका केन्द्रीय सदस्य आन्नद ढुंगानाले हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्वमा भएकाले आगामी हरेक परिवर्तन पनि काँग्रस विना संभव  नहुने बताए ।  ै उनले एमालेको खोक्रो राष्ट्रवादको कुनै तुक नरहेको बताएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोख्रेलले नेपालको राजनीतिक परिवर्तन देखि सामाजिक समृद्धिमा काँग्रेसले हासिल गरेका उपलब्धिहरुको वारेमा काँग्रेसले प्रचार प्रशार गर्न नसकेको बताएका थिए ।

हालको नेपालको आर्थिक उपलब्धीको श्रेय काँग्रेस कै भएपनि  ऋणलिएर वजेट वाँडनेहरुले जनतावाट हाईहाई पाउनु दुभाग्र्य भएको उनले बताए । उनले  अव त्यसो हुन नदिन कार्यकर्तालाई चलामान र आफना उपलब्धिको श्रेय आफैलेलिने गरि वातावरण निर्माण गर्न  आम कार्यकर्तालाई आग्रह गरेका थिए । नेपाली काँग्रेस दाङका सभापति कीर्तिवहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रममा निर्वमान सभापति घनश्या रेग्मी , पुर्वसभापति विरकेश्वरी गौतम , सांसदहरु अनिता देवकोटा, राजु खनाल, वुद्धिराम भणडारी लगाएतले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यस्तै उनीहरुले आफुहरु एउटै रथको काँग्रेसमा हिड्न चाहेकोले गुट उपगुट समाप्त पार्न आग्रह गरेका थिए । उनीहरुले स्थानीय निकायको निर्वाचनका लागि तयार रहन र त्यस सम्वन्धी गतिविधि सञ्चालन गर्न कार्यकर्तालाई अनुरोध गरेका थिए ।

कार्यक्रममा महादिवेशन प्रतिनिधि तेजवहादुर वस्नेत,  शंकर गिरी जोगेन्द्र विश्वकर्मा,वासुदेव जंगली , काँग्रेस क्षेत्रनं ४का सभापति जगत खडका लगाएतले मनतब्य व्यक्त गरेका थिए । जिल्ला कोषाध्यक्ष सावित्रा राणको स्वागत मन्तव्यवाट शुरुभएको कार्यक्रममा दिपक न्यौपाने,विनोद वस्नेत,चित्रागिरी, राजु आचार्य, रेशमवहादुर भण्डारी, विनोद पाण्डे, रेशम गौतम,भिमवहादुर केसी,लालवहादुर गिरी, देवा वस्नेत लगाएतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकर डाँगीले गरेकाथिए । राप्ती समाचार