
दिपक बोहरा , तुलसीपुर ७ मंसिर । दाङमा थप दुई जनामा डेँगु संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बेला ८ का ३२ बर्षीय शेसनाथ शर्मा र तुलसीपुर ९ का १० बर्षीय बर्षा भण्डारीलाई डेँगु संक्रमण देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका डेँगु तथा मलेरिया फोकल पर्सन कमल चन्दका अनुसार अहिले शर्माको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ भने भण्डारी उपचार पछि घरफर्किएका छन् । जाडो बढ्दै गएकाले अब डेँगु रोगी निश्कृष हुदै जाने भएपनि सचेत भने रहनुपर्ने फोकल पर्सन चन्दले बताए ।
यो संगै दाङ्मा संक्रमितको संख्या ८ पुगेको छ । एडिज जातको लामखुट्टेको टोकाईबाट उक्त रोग सर्ने गर्छ । उक्त लामखुट्टे लामो समय देखी जम्मा भएको पानीमा लार्भा पार्ने गर्छ, त्यस्लाई नष्ट गर्न चन्दले सबैलाई आग्रह गरेका छन् ।











