घोराही ७ कात्तिक । सिंचाई मन्त्री दिपक गिरीले राजनीतिक हस्तक्षेपका कारण संविधान कार्यन्वयनमा बाधा पुगेको वताएका छन । दाङको घोराहीको मसिनामा नागेश्वर महादेव पार्वतीको मन्दिर र गौशालाको उद्घाटन गर्दै सोमवार मन्त्री गिरीले यस्तो वताएका हुन । दलिय स्वार्थ र छुट्टाछुट्टै अडानका कारण संविधान कार्यन्वयनको प्रक्रिया अघि वढ्न नसकेको उनले वताए ।
नेताहरुले जनताका लागि पार्टी भन्दा पनि माथी उठेर काम गर्न नसकेकोले समस्या उत्पन्न भएको उनले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गिरीले संविधानमा विवाद भन्दापनि समझदारी कायम गरेर समाधानको विकल्प खोज्न दलहरुलाई आग्रह गरेका थिए ।उनले संविधा कार्यन्वयनका लागि वर्तमान सरकार लचिलोका साथ सहमतिको प्रयासमा रहेको उनले बताए । तर, यो विषय प्रतिपक्ष दलहरुको साझा धारणा वन्न नसक्दा संविधान कार्यन्वयनमा वाधा पुगेको उनल बताए । उनले संविधान कार्यन्वयनका लागि झगडा होईन सहमति आवश्यक रहेकाले पुर्ण सहमतिका लागि तयार भएर आउन प्रतिपक्ष दलहरु आग्रह समेत गरेका थिए ।
नेपाली जनताको जनप्रतिनिधि मार्फत संविधान सभाको वहुमतले पारित गरी संविधान आएकोले त्यसको कदर गरिनु आवश्यक रहेको बताएका थिए । संविधान कार्यन्वयन फितलो वन्दा नेपाली जनताको सपना निरासामा वदलिन सक्ने खतरा औंल्याएका उनले निर्वाचन गराएमा त्यसका समाधान निस्कने बताए । प्रतिपक्ष दलले संविधान संशोधनको सवालमा विमत्ति जनाउँदा केही समस्या उत्पन्न भएको भएपनि निकट भविस्यमै प्रमुख दलहरुका विचमा सहमति कायम हुने उनको विश्वास थियो । उनले भने ‘संविधानमा राजनीति होईन, सहमती आवश्यक छ । ’
त्यसैले सहमतिका लागि सवै दलहरु साझा दृष्ट्रिकोण वनाई अघि वढ्नु आवश्यक रहेको उनले बताएका थिए । केही ढिलो भएपनि नेपाली काँग्रेस सविधान कार्यन्वयन गराउनका लागि अहम भूमिका निर्वाह गर्ने उनको धनाई थियो । जनताको भावना र अधिकारमा कुल्चनु गलत भएको बताएका मन्त्री गिरीले जसरी भएपनि संविधानको पूर्या कार्यन्वयनका लागि सबैले दवाव सृजना गर्नु आवश्यक रहेको बताएका थिए ।
असन्तुष्ट पक्षका मागलाई सम्वोधन गरेरै भएपनि संविधान कार्यन्वयन गरेरै छोड्ने प्रतिवद्धता उनले व्यक्त गरेका थिए । त्यसका लागि वर्तमान सरकार छलफल र परार्मशमा लागि परेको उनले बताएका थिए ।
दाङको विकासमा प्रतिवद्ध छु
सिंचाई मन्त्री दिपक गिरीले दाङको विकासका लागि प्रतिवद्ध रहेको वताएका छन । दाङको सिंचाई विकास संगै अन्य शिक्षा ,स्वास्थ्य ,खानेपानी , सडक ,कृर्षि एंव,धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेका उनले वताएका छन । उनले दाङ आफ्नो गृह जिल्ला भएकाले पनि यहाँको विकासका लागि आँफूले भूमिका खेल्ने बताएका हुन । उनले भने धार्मिक क्षेत्रको विकासका लागि संस्कृति मन्त्रालय संग कुरा गर्ने बताए । उनले नागेश्वरी मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि आफुले विशेष पहल गन वचन दिएका थिए ।
सोमावार मन्दिरको वारे जानकारी लिएपछि उनले नागेश्वर मन्दिरलाई धार्मिक पर्यटकिय हव बनाउने गरि भूमिका खेल्ने आश्वासन दिए । दाङ दक्षिणमा भारत र उत्तरमा ठुला पहाडहरुका संग जोडिएको उपत्यका भएकोले यहाँको विकास अन्य जिल्लाको भन्दा फरक रुपमा गरिनुपर्ने उनले बताए । दाङको पर्यावरण संरक्षण , धार्मिक क्षेत्रको विकास , कृर्षि क्षेत्रको सुधार ,ग्रामिण सडक विस्तार लगाएतका योजनालाई नजिक वाट नियालिरहेको मन्त्री गिरीले बताए ।
उनले भने दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि भूमिका खेल्ने बताए । राजधानी दाङ वन्न सक्ने संभावना प्रसस्त रहेकोले नागरिकले पनि दवाव सृजना गर्नुपर्ने उनले बताएका थिए । मन्दिर व्यावस्थान समितिका अध्यक्ष ऋखिराम कुँवरको अध्यक्षता एंव मन्त्री गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सांसद अनिता देवकोटा , प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले , क्षेत्रिय सभापतिहरु गिरिराज सुवेदी , भुपवहादुर डाँगी ,नेपाल पत्रकार महासंघका दाङका अध्यक्ष सुदिप गौतम , घरेलु तथा साना उद्योग महासंघका तुलसी राणा र माओवादी केन्द्रका मधुसुदन आर्यल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । मन्दिर व्यावस्थापन समितिका कोषाध्यक्ष ज्ञानवहादुर रायामाझीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण केशव केसीले गरेका थिए ।
यसैविच जिल्ला विकास समिति दाङले आयोजना गरेको मन्त्री संगको भेटघाटमा मन्त्री गिरीले नागरिक सेवा प्रतिवद्ध हुन कर्मचारीहरुलाई निर्देशन दिएका छन । निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रम अन्तर्गत क्षेत्र न.५को लागि छुट्याएको कुल ३ करोड रुपैयालाई क्षेत्र न. ५का माध्यामिक र उच्च माध्यामिक सामुदायिक विद्यालयमहरुमा लगानी लगाउनु निर्देशन समेत उनले दिएका छन । दाङको क्षेत्र ५ का १९ ओटा विद्यालयहरुमा समानुपातिक रुपमा उक्त रकम वाँडफाँड गरी शैक्षिक क्षेत्रको सुधार गर्ने मातहतका कार्यालयहरुलाई उनले निर्देशन दिएका थिए ।
मन्त्री गिरी सम्मान
सिंचाई मन्त्री दिपक गिरीलाई राप्ती अटो ईन्जिनेरिङ एसोसियनशन घोराही शाखालेसम्मान गरेको छ । शाखाका अध्यक्ष शंकर अधिकारीको अध्यक्षता एंव सिचाई मन्त्री गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमख मन्त्री गिरीले अटो भिलेज व्यावस्थापन र खोला जोखिम न्युनिकरणका लागि तारजाली निर्माण कार्यमा दुई ÷तिन सातामै ५० लाख रुपैयाको टेण्डर आह्वान हुन गइरहेको बताएका थिए । त्यस्तै अटो भिलेज समितिले मन्त्री गिरीलाई ज्ञापन पत्र वुझाई सडक कालोपत्रे , विद्युत विस्तार र नाला निर्माणका लागि विशेष पहदल गर्न आग्रह गरेको छ ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्गवहादुर वुढाथोकी ,वसन्त जोशी, ग्यास व्यावसायी महासंघका श्याम वुढाथोकी लगाएतले मनतब्य व्यक्त गरेका थिए । कार्यक्रम माथि एसोसियसनका अञ्चल अध्यक्ष शुशिल पोख्रेलले प्रकाश पारेका थिए । एसोसियसनका भागवत दाहालको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण रत्नराम वन्जाडाले गरेका थिए ।
