काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले वृद्धि भएको आफ्नो तलब भत्ता भूकम्पपीडितलाई दिने घोषणा गरेका छन् । आइतबारको ब्यवस्थापिका संसदको बैठकले सांसदको तलब भत्ता झण्डै दोब्बरवृद्धि गरेको छ । आफ्नो तलब भत्ता वृद्धि भएसँगै वृद्धि भएका सबै तलब भत्ता भूकम्पपीडितलाई दिने सांसद गुरुङले निर्णय गरेका हुन् ।

dhanrajगुरुङले वृद्धि भएको पारिश्रमिक, भत्ता तथा सुविधा रकम भूकम्पपीडित राहत कोषमा जम्मा हुने ब्यवस्था मिलाइ दिन पनि ब्यवस्थापिका संसद सचिवालयलाई लिखित निवेदन दिएका छन् ।

पुनःनिर्माणका कामहरु अगाडि नबढेको तथा भूकम्पपीडितले अझै पनि राज्यबाट घोषित राहत समेत पाउन नसकेको अवस्थामा गुरुङले आफ्नै तलब भत्ता वृद्धि गर्ने कुरा जायज नभएको भन्दै वृद्धि भएको रकम पीडितलाई दिने घोषणा गरेका हुन् ।