नवलपरासी ६ मंसिर । विप्लव नेतृत्वको नेकपा (माओवादी) जिल्ला समिति नवलपरासीले एक विज्ञप्ती सार्वजनिक गर्दै चौधरी उद्योगले उद्योग भित्र कार्यरत मजदुरहरुलाई राजनैतिक आस्थाको आधारमा गरिने विभेद, अमानवीय व्यवहार लगायतका बारेमा गम्भीर भएको जनाएको छ ।

biplab_press-meet-358x300गत कार्तिक २८ गते गरेको संघर्ष अन्तर्गत नेपाल बन्दको क्रममा बन्दसमेत नगरी बन्दकर्तामाथी अनावश्यक अमानवीय व्यवहार गरेको भन्दै पार्टी जिल्ला सक्रेटरी पदम केसी जुझारुद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘नेकपा माओवादीको पुर्व घोषित संघर्षको कार्यक्रम अन्र्तगत खाध्यान्न र मानव जीवन धान्ने साथै जीविकोपार्जन गर्ने अत्यावश्यक वस्तुहरुमा भएको महंगी, भष्टाचार, कालोवजारी लगायतका विषयहरुको विरुद्ध २०७३ कात्तिक २८ गते नेपाल वन्दको क्रममा बन्दकर्ताहरु माथी गरीएको अमानविय व्यवहार साथै उद्योग भित्र कार्यरत मजदुरहरुलाई राजनैतिक आस्थाको आधारमा गरिने विभेद लगायतका विषयहरु प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तीमा चौधरी उद्योग नेश्नल पार्कका प्रमुख राम भक्त के.सी., प्रशासकिय नायव प्रवन्धक सरोज शर्मा वेडारी र फुड्स जनरल मेनेजर खड्क पौडेलवाट मजदुहरुप्रति निकै अमानवीय व्यवहार गर्ने गरेको र मजदुरहरुलाई बन्दीजस्तो व्यवहार गर्ने गरेको समेत आरोप लगाएको छ । विज्ञप्तीमा यस्ता क्रियाकलापप्रती गम्भीर नभए यसको परिणाम ठिक नआउने चेतावनीसमेत माओवादीले दिएको छ ।