तुलसीपुरको नयाँ वस पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने योजना अबको एक महिनामै सुरु हुने भएको छ ।काम सुरु भएको मितिले १५ महिना भित्र काम पुरागर्ने गरी ठेक्का संझौता भएको छ । पहिलो चरणमा साढे दश करोड लागतमा आधुनिक वसपार्क निार्मणको लागि ठेक्का दिवा व्रर्ज निर्माण सेवा काठमाडौले लिने भएको छ ।

Tulasipur Busparkतुलसीपुर नगरपालिकाले झण्डै पाँच वर्ष पहिले निर्माण गरेको व्यवस्थित बसपार्कको गुरुयोजना अन्र्तगत नगरपालिकाले दोस्रो पटक टेण्डर आह्वान गरेको हो । करिव साढे दश करोडको टेण्डरको लागि नगरपालिकाले स्थानीय स्तरवाट छनोट गरि नगर विकाश कोषमा पठाउने गृहकार्य सुरु गरेको छ ।

पहिलो चरणमा बसपार्कमा अत्याधुनिक टिकट काटने काउन्टर निमार्ण हुने छ । सार्वजनिक सौचालय, सडक, ढल निकासका लागि नाला, सोलार लाइट, सवारी पार्किङ स्थल लगायतका संरचनाहरु निर्माण गरिने बताईएको छ ।नयाँ संरचना निर्माण गरिने भएकोले वसपार्कमा हाल रहेका पुराना संरचना भत्काउन ३५ दिने सूचना आह्वान गरिएको छ ।

नगरपालिकाले पहिलो पटक अत्याधुनिक टिकट काट्ने काउन्टर, सपिङ स्टलहरु,सार्वजनिक सौचालय, सडक, ढल निकासका लागि नाला, सोलार लाइट, गाडी पार्किङ स्थललगायतका संरचनाहरु तयार गर्दै जाने र विस्तारै स्टिमेट अनुरुप सवै पुर्वाधारहरु तयार पारिने जानकारी दिएको छ ।।