इन्द्रेणी संवाददाता

लामो समयको भूमिगत जीवन एउटै घरमा बिताएका माओवादी नेताहरु केहि समयको अन्तराल पछि फेरी एउटै घरमा बस्दै छन् । आन्तरिक द्वन्द्व र लामो प्रयासपछि विभिन्न माओवादी समूहहरु एकताको प्रयासमा ब्यस्त बनेका छन । पहिलो चरण भन्दै केहि माओबादी घटकहरुबीच आज एकता घोषणा हुँदैछ। पछिल्लो चरणमा कमजोर बन्दै गएका माओवादी पार्टीहरुबीचको एकताको सन्देशले धेरै माओवादी नेताहरु उत्साहितछन भने माओबादीको प्रमुख घटक मानिने एमाओबादी भित्र विवाद बढेको छ ।

Prachanda-Badal-700.jpg.pagespeed.ce.WQwNYmWzWOमोहन बैद्य एकता गर्ने विषयमा पछि धकेलिए पनि पार्टीबाट करिब आधा नेता–कार्यकर्ताहरु एमाओवादीसँग एकतामा सहभागि भएका छन । यस्तै मातृका यादवको समूह एकता प्रक्रियाबाट नै पछि हटेको छ । अहिले ‘राष्ट्रिय स्वाधीनता होइन, गणतन्त्र कार्यान्वयन प्रमुख मुद्दा हुनुपर्ने’ र ‘मधेस आन्दोलनलाई समर्थन गर्नुपर्ने’ माग पूरा नहुने भएपछि एकता गर्न नचाहेको एकिकृत नेकपा माओबादीले बताएको छ ।

तर बादल, मणि थापा समूह र विप्लव समूहका पाँच जना नेताहरुसँग मात्र भोली औपचारिक रुपले एकता हुनेछ।एकता पछि केन्द्रीय समिति आजसम्मकै सबैभन्दा ठूलो हुनेछ भने केन्द्रीय सदस्य को को बन्ने भन्ने विवाद पनि पार्टी भित्र चर्किएको छ। अहिले ४९९ जनाको केन्द्रीय सदस्य बन्ने भन्ने सहमति छ।

badal-new-pic.jpg१३० जना बादल समूहबाट, १५१ एमाओवादीबाट, १५ जना मणि थापा समूह र पाँच जना विप्लव समूहबाट सोझै केन्द्रीय सदस्य हुनेछन्।पार्टीभित्र असन्तुष्टि बढेका कारणले अध्यक्ष ‘प्रचण्ड’ले पार्टीका सात वटा राज्य समितिबाट २५ जनाका दरले नयाँ केन्द्रीय समितिमा थप्ने बताउनु भएको छ ।केन्द्रीय सदस्य छान्नपार्टीभित्र निश्चित विधि र प्रक्रिया नभएका कारण समस्या भएको नेताहरुले बताएका छन ।