इन्द्रेणी सवाददाता
जाजरकोट, ६ जेठ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल जाजरकोट दुई खेमामा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुई खेमामा विभाजित भएको युवा संघले औपचारिक रुपमा अधिवेशन नै गरेर समान्तर समिति गठन गरेको छ । जिल्ला स्तरीय नेताहरु पनि आ– आफ्नो गुटलाई समर्थन गरेर औपचारिक रुपमा विभाजित देखिएका छन् ।you

संस्थापन पक्षले जिल्लाको पश्चिम थलह बजारमा गत सोमवार जिल्ला अधिवेशन गरेर नेतृत्व छनौट गरेको छ । दिपेन्द्र शाहीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिती गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा दुर्गेस थापा, सचिवमा जयबहादुर बस्नेत लगायतका चयन गरेको छ ।

उक्त अभिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य भैरवसुन्दर श्रेष्ठ र सविच सिपी घर्तीको उपस्थिति रहेको थियो । अभिवेशन उद्घाटनका लागी आएका केन्द्रिय अध्यक्ष राजिव पहारी विवाद देखिएपछि उद्घाटन नै नगरेर फर्किएका थिए । संस्थापन पक्षको अधिवेशन केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै नेपाल पक्षको सदरमुकाम खलंगामा मंगलवार भएको जिल्ला अधिवेशनले विश्वविक्रम शाहको अध्यक्षतामा ३५ सदस्यीय जिल्लाकार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वीरबहादुर घर्ती, सचिवमा नविन बस्नेत, कोषाध्यक्षमा धनमाया वली सहसचिवमा विरेन्द्र खत्री लगायतका निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल पक्षको अधिवेशनको उद्घाटन केन्द्रिय सचिव द्धय हस्तबहादुर शाही र अशोक चन्दले उद्घाटन गर्नुभयो ।

१ सय ४७ प्रतिनिधी मध्य एक सय बढी प्रतिनिधी आफ्नो पक्षमा रहेकोले बैधानिक रुपमा आफुहरुले नै मान्यता पाउने संस्थापन पक्षका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र शाहीले दावी गर्नुभयो । र