तुलसीपुर,५ जेठ । तुलसीपुर नगर क्षेत्र भित्र निमार्ण हुने भनिएको चक्रपथ निमार्णको काम पुन शुरु हुने भएको छ । बिभिन्न कारणले रोकिएको सम्भाब्यता अध्यण तथा सहमति गराउन गठित समितिको बुधवार पुर्नगठन गरिएपछि पुन चक्रपथ निमार्णको कार्यले गति लिनेमा नगरवासीहरुले आशा गरेका छन । । यसैबिच बुधवार चक्रपथ व्यवस्थापन समितिको संयोजकमा निर्वतमान नगर प्रमुख ढुण्डीराज लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । तुलसीपुर नगरपालिका कार्यालयमा भएको सर्वपक्षिय भेलाले लामिछानेकोनेतृत्वमा ९ सदस्यीय नगर चक्रपथ व्यवस्थापन समितिको पुर्नगठन गरेको हो ।समितिको सह संयोजकमा राष्ट्रिय जनमोर्चाका भरत भण्डारी रहनुभएको छ ।
जसकोे सदस्यहरुमा प्रदिप वली,शेषुराम भण्डारी, नोखि रावत, वालाराम गौतम,रामवहादुर हमाल , लालवहादुर केसी र तुलसीपुर खानेपानीलाई संस्थागत सदस्यमा चयन गरिएको छ । चक्रपथ व्यवस्थापन समितिको सदस्य सचिवमा तुलसीपुर नगरपालिका कार्यालयका योजना अधिकृत पवनकुमार योगी रहनुभएको छ । चक्रपथ व्यवस्थापन समितिको पुर्नगठनमा महिलाहरुको दवाव पछि मात्रै महिलाको तर्फवाट एक जनाको सहभागिता गराईएको छ । यस अघी संस्थापक मेयर शंकरप्रसाद आर्चायको संयोजकत्वमा समिति रहेको थियो । आर्चायको संयोजकत्वमा गठित समितिले चक्रपथको रेखाङनगरी केही स्थानमाट्रयाक समेत खोलेको थियोे ।