laghu-bitta

घोराही ६ मंसिर ।  लघुवित्त कार्यक्रमको समिक्षा कार्यशाला गोष्ठी दाङको घोराहीमा भएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा सहभागी बक्ताहरुले लघुवित्त कार्यक्रमबाट ग्रामिण महिलाहरुको आयस्तरमा ठुलो परिर्वतन आएको बताएका थिए ।

गरिब महिलाहरु यस कार्यक्रमबाट सेवा लिई विभिन्न व्यावसायमा आबद्ध भएर आयआर्जन गरिरहेको औल्याएका थिए । उक्त अवसरमा सस्थाकी अध्यक्ष आशमानी चौधरीले दाङ, सल्यान, बाँके जिल्लामा लघुवित्त कार्यक्रम संचालन गर्दै ३५ हजार भन्दा बढी महिलाहरुलाई सेवा पु¥याइ रहेको जानकारी दिएका थिए । साथै लघुवित्तको समस्या, चुनौती तथा भावी रणनितिको बारेमा पनि छलफल गरिएको थियो ।