tripur-nagarpalika-dangनारायणपुर ६ मंसिर ।  त्रिपुर नगरपालिकाले आफ्नो स्थापना दिवश भव्य रुपमा मनाउनका लागी विभिन्न उपसमितिहरु गठन गरेको छ । दिवश समारोह मूल समितिको बैठकले उपसमितिहरु गठन गरेको हो । मूल समिति संयोजक एवं नगरपालिका कार्यकारी अधिकृत कमानसिं थापा मगरको अध्यक्षतामा बसेको बैठकले उपसमितिहरु गठन गरेको हो ।

स्थापन दिवशमा आयोजना गरिने मैत्रीपूर्ण फुटबल प्रतियोगीता, झाँकी जुलुस, सरसफाई एवं सम्मान कार्यक्रमलाई व्यवस्थापन गर्नकालागी उपसमिति गठन गरिएको हो । आईतबारको बैठकले स्थापना दिवशकालागी सम्मान छनोट समिति गठन गरिएको छ । जसको संयोजकमा पदमप्रसाद शर्मा र सदस्यहरुमा आर.के.शीतल, राधा केसी, विमला घर्ति मगर र स्वास्थ्य चौकी नारायणपुर रहेका छन् ।

यस्तै मैत्रीपूर्ण फुटबलकालागी शिव श्रेष्ठको संयोजकत्वमा करिता देवकोटा रहेका छन् । यस्तै धुर्वकुमार बाँठाको संयोजकत्वमा चन्द्रप्रसाद चौधरी र रुक्मीना न्यौपाने सदस्य रहेको झाँकी जुलुस व्यवस्थापन उपसमिति गठन गरिएको छ भने उद्योग वाणीज्य संघ, खानेपानी नारायणपुर रहेको सरसफाई व्यवस्थापन समिति गठन गरिएको छ । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, पैरवी मञ्च त्रिपुरका अध्यक्ष सरिता देवकोटा, राष्ट्रिय जनमार्चाका चन्द्रप्रसाद रावतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण नगरपालिकाका कार्यक्रम अधिकृत विपना वर्ताैलाले गरेकी थिईन् । नगरपालीकाले मंसीर १६ गते स्थापना दिवस मनाउदै छ ।