घोराही ६ मंसिर । हिंसापिडित फुर्सी परियारलाई आईतबार एक कार्यक्रमको आयोजना गरी घोराही—८ बनगाउँमा निर्माण गरिएको घर हस्तानत्रण गरिएको छ । ‘अर्थपुर्ण जीवनका लागि आवास’ कार्यक्रम अन्तर्गत परियारलाई घर हस्तान्तरण गरिएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र ह्याविट्याट फर हुमिनिटीको प्राविधिक सहयोगमा घर निर्माण गरिएको थियो ।

सामुदायिक सेवा केन्द्रकी अध्यक्ष विमला योगी र उनका श्रीमान अनिरुद्र गिरीको सहयोगमा घोराही ८ बनगाउँमा रहेको जग्गामा घर निर्माण गरिएको छ । ह्याविट्याट फर हुमिनिटीले भुकम्प प्रतिरोधात्मक घर निर्माण गरेको छ । घर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लक्ष्मी आचार्य, सक्षम महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष रचना सुबेदी, ह्याविट्याट फर हुमिनिटीका साजनमहर्जन, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी जनशक्ति ब्यबस्थापन तालिम संयोजक कल्पना न्यौपाने, ह्याविट्याट फर हुमिनिटीका ईञ्जीनियर किशोर न्यौपाने, फुर्सी परियारलगायतकाले बोलेका थिए ।

घर निर्माण गर्नका लागि दुई संस्थाको गरि करिब ५ लाख रुपैयाँ लागत लागेको ह्याविट्याट फर हुमिनिटी नेपालका ईञ्जीनियर किशोर न्यौपानेले जानकारी दिए । घर निर्माण गर्न १२ दिन लागेको बताइएको छ । घर हस्तान्तरण कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका ब्यबस्थापक लोकमणी रेग्मीले गरेकी थिईन् ।