6-satwariya-dalit-tole

सबिता सुनार  / दाङ ६ मंसिर । सतवरिया गाविसलाई लमही नगरपालीकामा गाभेको प्रति त्यहाँका बासिन्दाले बिरोध जनाएका छन् । त्यहाँका राजनीतिक दल, समाजसेवी , बुद्धिजिवी, सर्वसाधारण सहितको अन्तरक्रिया कार्यक्रम आईतबार सतवरियामा भएको छ । दाङको पुर्नसंरचना समितिले सतवरिया गाविसलाई लमही नगरपालीकामा गाभ्ने निर्णय गरेको प्रति बिरोध भएको हो ।

कार्यक्रममा सहभागीले सतवरिया गाविसलाई लमही नगरपालीकामा गाभ्ने निर्णय आफुहरुलाई मान्ने नहुने भन्दै त्यस्को कडा बिरोध हन् । कार्यक्रममा बक्ताहरुले बक्ताहरुले राजपुर , बेला र सतवरियालाई गाँभेर गाउपालिका बनाउनुपर्ने बताएका थिए ।

आफुहरुले गाविसबाट पाएको सुबिधा नगरपालिकाबाट नपाउने भन्दै सतबरियाका बासिन्दाहारुले बिरोध जनाएका हुन् । उनीहरुले भने ‘ गाबिसबाट हामीलाई सेवा लिन सहज भएको थियो, तर नगरपालिकाबाट सेवा लिन हामीलाई झनै समस्या हुन्छ । ’

कार्यक्रममा त्यहाँका समाजसेवी , बुद्धिजीवि ,स्थानियहरुको अगुवाईमा सतवरिया गाविस भरि गाउपालीका बनाउने भन्दै हस्ताक्षर संकलन गर्ने निर्णय गरेका छन् ।