मंसीर , ६ तुलसीपुर । तुलसीपुर २० मा रहको जेष्ठ नागरीक ईकाई कमिटिको बैठक दिवा सेवा केन्द्र प्रिगाउमा भएको छ । बैठकले वडामा रहेका जेष्ठ सदस्यहरुको छुट्टा छुट्टै मितिमा स्वर्गारोहण भएकाले शोक प्रस्ताव पारित गरेको छ । जेष्ठ सदस्यहरु बेल्टाकुरा निवासि मैमी परीयार,मोतिपुर निवासि दिल कुमारी भण्डारी ,नवलपुर निवासि गुप्ती कुमारी के.सी. र चित्र बहादुर घर्तीको निधन प्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारीत गरेको हो ।
साथै बैठकले उनीहरुको आत्माको चिर शान्तिको कामना समेत गरेको छ । कमिटिका अध्यक्ष नेत्रमणि शर्माको अध्यक्षता तथा नगरकमिटिका उपाध्यक्ष तिलक बहादुर बस्नेतको प्रमुख आतिथ्यमा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
सो अबशरमा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि सबै मिलेर अगाडि बढनुपर्ने बताएका थिए । उनले सवै जेष्ठ नागरीकहरुले पनि समाजमा राम्रो काम गरेर देखाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा कमिटिका कोषाध्यक्ष चोप बहादुर डागी , सल्लाहकार तप्त बहादुर शाहलगायतले बोलेका थिए । बैठकको सहजिकरण सचीब ओम बहादुर बस्नेतले गरेका थिए ।
