samudayek-melmilap-kendraआरती गिरी,विजौरी ६ मंसिर । सामुदायिक मेलमिलाप केन्द्रले समुदायमा उदाहरणीय काम गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  विजौरी गाविसमा आइतवार भएको मेलमिलाप कर्ताविच अनुभव आदान प्रदान कार्यक्रमका बक्ताहरुले त्यस्तो कुरा वताएका हुन् । विजौरी सामुदायिक मेलमिलाप केन्द्रका संयोजक दुर्गावहादुर विश्वकर्माको अध्यक्षता एवं कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) दाङका संयोजक मोहन धितालको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका विजौरीका सभापति हिम वहादुर डाँगीले लोकतन्त्रमा मात्रै समाजिक न्याय स्थापित हुने बताए ।

लोकतन्त्र विना समाजिक न्याय छ भन्ने आधार समाप्त हुने भएकाले पहिला लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयमा जोड दिनुपर्ने उनले बताएका थिए । कार्यक्रमलाई नेकपा एमालेका माधव वली,नेकपा माओवादीका दलबहादुर महत,रेडियो तुलसीपुरका पूर्ण केसी लताएतकाले मनतब्य व्यक्त गरेका थिए । नाउक्त कार्यक्रममा सामाजिक मेलमिलाप कर्ताहरुले आजसम्म वटुलेको अनुभव आदान प्रदान गरेका थिए । युकेएड,सर्च फर कमन ग्राउण्ड र सेलर्डको सहयोगमा भएको कार्यक्रमको सहजीकरण मेलमीलाप कर्ता सिमा घर्तीले गरेकी हुन ।