निरला अर्याल गैरे / तुलसीपुर ६ मंसिर । २६ औ अन्तराष्ट्रिय बालदिवस दाङलगायत नेपालमा पनि बिभिन्न कार्यत्रम गरी मनाईएको छ । दिवसकै अबशरमा तुलसीपुरमा पनि बिभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गरेका छन् । तुलसीपुर नगर बालसंञ्जाल, डिएनजिओसीसी र न्यूसिपिसीको आयोजनामा बिभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो ।
नगरबाल सञ्जालका अध्यक्ष कमल नेपालीको अध्यक्षता, तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालीकाहरुका समस्या र चुनौतिका बिषयमा सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्ने उनीहरुले बताएका थिए ।
कार्यक्रमका प्रमुख आतिथी तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले अहिले सडकमा श्रम गर्न बाध्य पारिएका बालबालिका नै भोलीका कर्णधार भएको बताए । उनले प्रत्यक विद्यालयमा बालमैत्री बातवरणमा शिक्षण गराउनु पर्ने उनको भनाई थियो ।
त्यस्तै तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले सडकमा रहेका र विद्यालयमा भर्ना भएका बालबालीकामा समानता ल्याउनुपर्ने बताए । सरोवालाहरुलाई बालश्रममा लगाउनु हुदैन भन्ने धारणाको विकाश नहुदा सम्म बालमत्री वातावरण बन्न नसक्ने उनको भनाई थियो ।
कार्यक्रमा सहभागी बालबालिकाले अझैपनि विद्यालयमा बालमैत्रि वातावरण नभएको र शिक्षकहरुले विद्यार्थीहरुलाई दण्ड दिने गरेको गुनासो गरेका थिए ।
त्यसैगरी बालबालीकाले यस्ता कार्यक्रमहरु विद्यालयमा गर्नुपर्ने बताएका थिए । कार्यक्रमा न्यूसिपिसीका अध्यक्ष नवराज लामिछाने, डिएनजीओसीसीका महासचिव चुर्णबहादुर सुनार, नगरपालिकाका सुचना प्रमुख झरेन्द्र खरेल, ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरी, एलजिसिडिपिका कार्यक्रम अधिकृत भिमबहादुर खत्री, संयोजक हेमन्त योगी, डिएनजिओसीसीका कार्यक्रम अधिकृत निरला अर्याल गौर, जनउथान समाज विकाश केन्द्रका प्रतिनिधि विमला शर्मा, समाजीक परिचालक नानिमैया वली, बालअधिकारकर्मी पिङकी वुढा, जानुका पौडेल, शिक्षकहरु अमृत वली, करुण भट्टराईलगायतकाले बोलेका थिए । नगरवाल सञ्जालका सहसचिव विन्दुराईको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको बारेमा नवराज लामिछाने प्रकाश पारेका थिए भने सहजीकरण सचिव श्रीधर गौतमले गरेका थिए ।
