15069007_1093848060735613_8777426538323536352_oतुलसीपुर ६ मंसिर  ।  लोकतन्त्र संस्थागत नहुने हो भने मुलुक बर्बाद हुने प्रेस काउन्सिल नेपालका पुर्ब अध्यक्ष नारायण प्रशाद शर्माले बताएका छन्  । राप्ती ब्रोडकाष्टिङद्धारा सञ्चालित रेडियो एसटीएन तथा होटेल भ्याली भ्यु ईन्टरनेशनल प्यालेशको उदघाटन गर्दै शर्माले त्यस्तो बताएका हुन । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष रहेका शर्माले नेपालमा लोकतन्त्र , गणतन्त्र र संबिधान आईसकेपनि अझै आर्थिक सम्बृद्धि हुन नसकेको बताए । ‘मुलुकमा लोकतन्त्र त आयो, हामी स्वतन्त्र त भयौ,तर, आर्थिक सम्बृद्धि हुन सकेका छैनौ ।’ शर्माले थपे ‘ यो समस्या उच्च तहका नेताहरुले प्रभाबकारी रुपमा काम नगर्दा उत्पन्न भएको हो ।’ पुर्ब सभासद समेत रहेका शर्माले जनताले गरेको जति काम सरकारले गर्न नसकेको बताए । नेपालमा राजनीतिक उपलब्धी भएपनि संस्थागत हुन नसक्दा त्यो अपाङ्ग जस्तै भएको उनको टिप्पनी थियो ।

जनताले सहि र गलत छुट्याउन नसक्दा संबिधान जारी भएपनि संसोधन हुन नसकोको उनले बताए । अबको निर्बाचनमा जनताले नेता छान्दा चन्दा, भाषण र घोषणामा नभई सच्चा ब्यक्ति चुनेर पठाउनु पर्ने उनको धारणा थियो ।  फरक प्रशंगमा उनले मिडियाहरु छ्याप्छ्याप्ती भएकाले अस्वस्थ प्रतिस्पर्धा हुने गरेको दाबी गरे । उनले राजनीतिमा मात्र नभई मिडियाहरुमा पनि बाहिरी मुलुकको दवाव आउने गरेको जिकिर गरेका थिए । नेपाली मिडियालाई बिदेशी मिडियाले नियणत्रण लिन खोज्न प्रयास गरिरहेको उनको धारणा थियो ।

प्रालिका प्रबन्ध निर्देशक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रमका  बिशिष्ट अतिथि तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले प्रान्तिय राजधानी दाङमा राख्न यहाँका सरोकारवाला निकायले पहल थाल्नु पर्ने बताए । प्रदेश नंबर पाँचको राजधानी राख्न घोराही र तुलसीपुरबासी बिबादित हुन नहुने उनले बताएका थिए । उनले भने ‘ तुलसीपुरबासीले तुलसीपुरमा राख्ने तथा घोराहीबासीले घोराहीमा राख्ने भन्ने किचलो हुने हो भने दाङमा नभई बाहिर जान्छ, त्यही भएर दाङमा हुनुपर्छ भन्ने आवाज उठाउनु पर्छ । ’  प्रालीका अध्यक्ष गिरी अध्यक्षताको आषणवाट बोल्दै पछिल्लो समय केवल च्यानलको भबिष्य धरापममा परेको दाबी गरेका थिए ।

‘कुनै समय केवल च्यानलमा बिज्ञापन कार्यलयमा आउने गर्थे ’उनले भने ‘ तर,पछिल्लो समय बजारमा खोज्न गएपनि नपाउने अबस्था सिर्जना भएको छ । ’ उनले रेडियो , च्यानल तथा होटेलबाट आएको आम्दानी मध्य १० प्रतिसत सामाजिक काममा लगाउने घोषणा समेत गरेका छन् । कार्यक्रममा प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनक प्रशाद खराल , नेकपा माओवादी केन्द्रका शेसुराम भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष सेवकराम भण्डारी, राप्ती अञ्चल सार्बजनिक वस ब्यबसायी समितिका अध्यक्ष शुरेस हमाल, महिला अधिकारकर्मी शुष्मा गिरीलगायतले मन्तब्य व्यक्त गरेका  थिए । कार्यक्रमको सहजीकरण रेडियो एसटीएनका समाचार सम्पादक गोपाल शर्मा भट्टराईले गरेका थिए ।

रेडियो एसटिएन स्थापन भएको चार महिना पछि आईतबार देखि औपचारीक रुपमा प्रशारणमा आएको हो । रेडियोको एक सामारोहका बिच नेपाल प्रेस काउन्सिल पुर्व अध्यक्ष नारायण प्रसाद शर्माले उद्घाटन गरेका हुन् ।