तुलसीपुर ६ मंसिर । आन्तरिक राजश्व कार्यालय राप्ती तुलसीपुरले अञ्चलका छ जना उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ ।
राप्ती बाट उत्कृष्ट एक जना सहित प्रत्येक जिल्लावाट थप एक÷एक जना करदातालाई सम्मान र पुरस्कृत गरिने भएको हो । यहि मंसिर सात गतेका दिन ५औं राष्ट्रिय कर सप्ताह समापन समारोहमा उनीहरुलाई सम्मान गर्ने तयारी भइरहेको छ ।
आन्तरीक राजश्व कार्यालय राप्तीका कार्यालय प्रमुख वावुराम गौतमका अनुसार राप्ती वाट राज्यलाई सवैभन्दा वढी कर तिर्ने एक जना करदाता र पाँच वटा जिल्लाहरुमा सवैभन्दा वढी करतिर्ने करदाता पाँच जना समेत गरेर छ जनालाई मगंलवार सम्मान गरिने छ । सम्मानित हुने करदाताहरुको छनोट आन्तरिक राजश्व कार्यालयको सिस्टमबाटै गरिने भएको छ ।
सिस्टमले छनोट गरेको व्यक्तित्वको नामावली विभागवाटै सिफारीस भएर आउने पनि कार्यालय प्रमुख गौतमले वताए । तर उनले राप्तीमा सबै भन्दा उत्कृष्ट करदाता को हो भन्ने कुरा भने खुलाउन चाहेनन् । प्रमुख गौतमले प्रत्येक जिल्लावाट एक÷एक जना उत्कृष्ट करदातालाई सम्मान र पुरस्कृत गर्ने बताएपनि उनीहरुको नाम समेत दिन मानेनन् । उनले भने ‘ कार्यक्रम पूर्व नै नाम सार्वजनिक गर्दा कार्यक्रममा उत्साह घट्न सक्छ , त्यसैले अहिले नै नाम सार्वजनिक नगरौं ।’ स्रोतका अनुसार राप्तीमा सबैभन्दा उत्कृष्ट करदाता दाङ जिल्ला कै हुन । अञ्चलका उत्कृष्ट करदाता घोराहीका व्यवसायी हुन । तर, उनको नाम भने अर्का कर अधिकृत भागिराम बस्नेतले पनि सार्वजनिक गर्न मानेनन् ।
राज्यलाई धेरै कर तिर्ने कर दाताहरुलाई ं हौसला प्रदान गर्न विभागिय कार्यक्रम अनुसार सम्मान सहित पुरस्कृत गर्न लागिएको कार्यालय प्रमुख गौतमले वताए । ‘गौरवका साथ तिरौं कर, सम्वृद्ध राष्ट हाम्रो रहर’ भन्ने मुलनाराका साथ आगामी पाँचौ राष्ट्रिय करसप्ताह मनाउन आन्तरिक तयारी कार्यालयले गरेको छ । मसिंर ७ गते तुलसीपुरको पाटी प्यालेसमा एक समारोहका विच करसप्ताहा समापन गरिने कार्यालय प्रमुख गौतमले बताए । कर सप्ताह समापन समारोहमा कर तिर्न अभिप्रेरित गर्ने राप्तीका विभिन्न संघ संस्थाहरुलाई पनि सम्मान गरिने गौतमले बताए । त्यसका लागि उनले राप्तीका प्रत्येक शहर बजारमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको समेत कार्यालय प्रमख गौतमले बताए ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरले पाँचौ राष्ट्रिय कर सप्ताहको अवसरमा राप्तीका प्रत्यक जिल्लाका शहरहरुमा कर जागरण अभियान अन्र्तगत छलफल,अन्तरक्रिया र कर शिक्षाका वारेमा विचार विचार विमर्ष गर्दै आएको प्रमुख गौतमले दाबी गरे । राप्तीमा ३० हजार वढि करदाता छन् । आन्तरिक राजश्व कार्यालय राप्तीले आर्थिक वर्ष २०७३/०७४मा १ अर्व ९ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड ८५ लाख राजश्व शंकलन गर्ने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा ३ करोड २८ लाख वढी राजश्व संकलन गरी असोज मसान्त सम्ममा २३ करोड १३ लाख राजश्व संकलन भईसकेको आन्तरिक राजश्व कार्यालय राप्तीका प्रमख गौतमले बताए ।
