bal-sharama

घोराही ६ मंसिर ।  न्यून पारिश्रमिकले अधिकतम फाईदा लिन सक्ने भएकाले बालबालिकालाई सस्तो श्रमिकका रुपमा काममा लगाउने खराव प्रवृति छ । ‘वालश्रम न्यूनिकरण गरि शिक्षामा वालवालिको पहुच वढाऔ’ भन्ने मुल सन्देशका साथ आइतवार घोराहीमा आयोजित वालश्रम न्युनिकरणमा सञ्चार माध्यमहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले त्यस्तो बताएका हुन् ।

वालवालिका सस्तो श्रमिका रुपमा कठिन श्रममा लाग्नुपर्ने बाध्यता समाजका केहि बुजु्रकहरुले नै सृजना गरेको बक्ताहरुले आरोप लगाए । तर, त्यसलाई खवरदारी गर्न र न्यूनिकरणगर्न सञ्चार माध्यम शसक्त भएर प्रस्तुत हुनुपर्ने सुझाव पनि बक्ताहरुले दिएका छन् । असाहय र आवाज विहिनको आवाज उठाउन मिडिया लाग्नुपर्नेमा बक्ताहरुको सुझाव थियो ।

करुणा फाउन्डेशन नेपाल  र नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा भएको  अन्तरक्रियामा पत्रकार एव वाल अधिकारकर्मीले  घरेलु कामदार  देखि उद्योग कल कारखानासम्ममा बालस्रममिक राख्नु एक प्रकारको अपराध नै  भएको बताएका थिए ।   उनीहरुले कसैको गरिवी र परिस्थितिको फाईदा लिनेहरुलाई समाजमा तिस्कार गरिनुपर्ने मनासय व्यक्त गरेका थिए ।

आर्थिक अबस्था कम्जोर , चेतनाको अभाब र सामाजिक विभेद र शोषणले वालवालिका श्रममा लाग्न बाध्य हुने भएकोले त्यसतर्फ सरकोकारवाला निकाय गम्भिर हुनुपर्ने बताएका थिए ।  कार्यक्रममा अधिवक्ता रश्मि पाण्डेले वालश्रमको अवस्था ,चुनौती ,प्रभाव र त्यसको समाधानको उपायका बिषयमा प्रस्तुती राखेकी थिईन् । अधिवक्ता पाण्डेले नेपाल वालश्रम प्रतिवेदन २०१२ को तथ्याङ सार्वजानिक गर्दै १७ वर्ष मुनिका  ७७ लाख ७४ हजार अर्थात ४० दशमलव ४ प्रतिशत वालवालिका मध्ये ३१ लाख  ४० हजार वालवालिका श्रममा जोतिन पुगेको वताईन ।

जसमा ६ लाख २० हजार वालावालिका निकृष्ट प्रकारका श्रममा लगाइएको प्रतिवेदनले उल्लेख गरिएको छ । प्रतिवेदनमा उल्लेख भए वमोजिम नेपालको कुल वालवालिका  सख्या मध्ये अझै ४६ प्रतिशत वालवालिका  विद्यालय वाहिर रहि जोखिम पुर्ण जीवन विताई रहेको पाइएको विवरण कार्यक्रममा प्रस्तुत गरिएको छ ।  वाल भरिया , सडकमा आश्रित  वालवालिका , बधुँवा , घरेलु कामदार , कोईला खानि , गलैचा उद्योग र श्रम तथा यौन शोषण जस्ता कार्यमा संलग्न रहेको पाइएको छ । जसका कारण वालवालिकाको शिक्षामा अवरोध , स्वास्थ्य , भावनात्मक विकास ,नैतिक  र सामाजिक विकासमा हानी पुग्ने गरेको  छ । बालबालिकाको व्यक्तित्व विकासमा  असर पुग्ने गरी कुनै पनि प्रकारको श्रममा लगाउनु कानुन विपरित हुने नेपालको कानुनमा स्पस्ट छ ।

तर,अधिकाँश वालवालिका कुनै न कुनै कारणले सडक देखि हिंसाजन्य अपराध सहनुपर्ने वाध्यता छ । वालवालिका श्रममा पुग्नको मुख्य कारण नै आर्थिक विपन्नता वा प्रलोभन र  शिक्षा वा  चेतना अभाव नै हो ।  उनीहरुलाई श्रम मुक्त वनाई विद्यालय वा पारिवारमा पुर्नस्थापना गर्नका लागि दिगो स्रोत र  साधनको व्यवस्थापन गर्न जरुरी छ । तर, त्यसको लागि  तिव्र ईच्छा शक्तिको खाँचो र सरकारी निकायहरु विचको समन्वयको अभाव नै मुख्य चुनौतीका रुपमा रहेको कार्यक्रम प्रस्तुत विवरणमा उल्लेख गरिएको थियो ।  बालश्रम न्यूनिकरणका लागि कानुनि  व्यावस्थाको पुर्ण कार्यन्वयन , सचेतना र पारिवारिक आर्थिक संबृद्धीलाई मजवुत वनाएर लैजानु पर्ने अधिवक्ता पाण्डे भनाई छ  ।

 त्यस्तै वालश्रमिको वस्तुस्थितिका बिषयमा  पत्रकार सन्तोष सुवेदीले दाङ त्रिपुरको १३  वडामा मात्रै ४ सय  वालवालिका श्रम गर्न बाध्य रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।  त्यस्तै देउखुरी क्षेत्रका वालविका जिल्ला भित्र वा वाहिर मौसमी कामदारका रुपमा ईट्टा भट्टा देखि अन्य औद्योगिक क्षेत्रहरुमा  श्रमका लागि पुग्ने गरेको वताए । विभिन्न होटेल , व्यावसाय , घर , यातायात र उद्योगहरुमा वालवालिका श्रममा लगाउने गरेकोले त्यसमा सरोकार निकाय सचेत रहनुपर्ने उनको धारणा थियो । उनले भने‘दाङलाई वालमैत्री जिल्ला वनाउने प्रयास समस्त दाङ वासीको अभियान हो , तर, अझै लुकाई छिपाई वालवालिका श्रममा लगाउनेहरुलाई कारवाही नहुँदा समस्या उस्तै छ । ’ केही वर्ष पहिला खुल्ला रुपमा घरमै राखिएको पाईन्थ्यो । तर, आज नातामा जोडिएर बालश्रमिक राख्नेहरुको हावी रहेको छ ।

उनले वालवालिका श्रमवाट मुक्त गराउनका लागि  सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने बताएका थिए ।  शशक्त रुपमा वालवालिकाहरुका आवाज उठाउन जरुरी पत्रकार सुवेदीले बताएका थिए । सस्तो श्रमिका  रुपमा वालवालिका कडा श्रममा जोतिएको भएपनि कानुनले ति वालवालिकालाई संरक्षण गर्न नसक्नु विडम्वना भएको पत्रकार सुवेदीले बताए ।  वालवालिका दिगो विकासका लागि शिक्षाका पहुच वढाउन आवश्यक रहेको उनले बताएका थिए ।

करण फाउन्डेशन नेपालका नवराग गौतमले पनि वालश्रम र त्यसले सामाजमा पारेका प्रभावका विषयमा प्रस्तुती राखेका थिए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले श्रममा पुगेका वालवालिकाहरु पुनःस्थापना र सामाजिक सचेतना फैलाउन पत्रकारहरु लाई आग्रह गरेका थिए ।  उनले वालवालिकालाई जवस्रम स्रमवाट मुक्त गराएर शिक्षा दिक्षामा अग्रसर गराउन सकिदैन तब सम्म देशको उन्नती नहुने बताएका थिए । राप्ती समाचार