सन्तोष शर्मा, रोल्पा ६ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले कै गाविसहरुलाई गाँउ पालिकाको मान्यता दिएर स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस रोल्पाले आइतवार यहाँ आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले त्यस्तो बताएका हुन । यहि चैत्र भित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सांसद समेत रहेका कोईरालाले समय एकदमै कम भएका कारण यो विकल्पमा मात्रै निर्वाचन सम्भव हुने बताए ।
उनले यो विकल्पमा मधेसवादी दलहरु पनि सहमत हुनेमा आफु विस्वस्त रहेको दाबी गरे । नेता कोईरालाले अंगिकृत नागरिकता धारिलाई राष्ट्रको कुनै पनि प्रमुख पद दिन नहुने बताएका थिए । उनले भने ‘ राष्ट्रका प्रमुख पदहरुमा अंगिकृत नागरिकलाई पठाउनुपर्छ भन्नु गलत हो , यो काँग्रेसलाई स्वीकार्य हुनेछैन ।’
यस विषयमा विभिन्न खालका धारणाहरु बाहिर आइरहेको र कतिपय दलका नेताले अन्तरिम संविधानमा गरिएको गल्तिलाई दोहो¥याउन खोजिरहकोले फेरि त्यस्तो गल्ती नेपाली काँगे्रसले कुनै पनि हालतमा स्वीकार नगर्ने उनले स्पष्ट पारेका थिए । तर, उनले यो बाहेक मधेसका अन्य मागहरुमा काँग्रेसले छलफल जारी राखेर समस्या समाधान गर्नतर्फ लागि रहेको बताए ।
नेता कोइरालाले मधेसवादी दलले उठाउदै आएको भाषाका विषयमा कुनै समस्या नहुने धारणा व्यक्त गरे । उनले प्रयोग हुदै आइरहेको मातृ भाषालाई जनसंख्याका आधारमा प्रदेशको भाषा बनाउन सकिने धारणा व्यक्त गरेका थिए । तर, नेता कोईरालाले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनु पर्नेमा जोड दिएका थिए । अर्को प्रसंगमा कोइरालाले पाँच नम्वर प्रदेशका सबै जिल्लाहरुमा आफु पुगेको र जनताको भावना बुझ्दा कुनैपनि जिल्लाका जनताहरु प्रदेशबाट अलगहुन नचाहेको बताए । यो जनचाहानाई आफुले पनि केन्द्र सम्म पहल गरिदिने आश्वसन समेत उलने दिएका थिए ।
नेपाली काँग्रेस रोल्पाका सभापति एवं सांसद अमर सिंह पुनमगरको सभापतित्वमा भएको कार्यक्रमा नेपाली कग्रेसका केन्द्रीय सदस्य एव सांसद आनन्द ढुंगाना, नेपाल विद्यार्थी संघका पुर्व सभापति केशव सिङ, नेपाल शिक्षक सघंका पुर्व सभापति मोहन ज्ञवाली लगायत पुर्व सांसदहरुले धारणा राखेका थिए ।