दीपबहादुर घर्ती
जाजरकोट, ४ मंसिर । जिल्लामा पाईने अर्गानिक मह प्रबद्र्धन गरि स्तरिय बजारिकरणका लागि मह बर्ष २०७३ को सुक्रवार भेरीमालिका नगरपलिका–१ मैदेमा औपचारिक उद्घाटन गरिएको छ । मैदेका ४ जना उत्कृष्ट मौरी कृषकलाई सम्मान तथा पुरुष्कृत गरेर मह बर्षको औपचारिक अद्घाटन गरिएको थियो ।

jajarkot

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्धारा आधुनिक घारको मह कारेर उद्घाटन गरिएको मह बर्षको औपचारिक उद्घाटनमा मैदेका मौरी किसान नैने राना, नरबहादुर राना, कले राना र राजेश विकलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने, चारै जनालाई एक–एक वटा आधुनि घार, मौरी कार्दा प्रयोग गरिने टोपी र पञ्जा दिएर पुरुस्कृत गरिएको थियो । पुरुस्कृत हुने मौरी पालक किसानहरुमा कले रानाले विगत ५२ बर्ष देखि मौरी पाल्दै आएको वताईएको छ । उनले हाल खोपे घारमा १५वटा, मुढे घारमा ३० र आधुनिक घारमा १५ वटा गरि जम्मा ६० वटा मौरी पालि रहेका छन् । उनले गत वर्षको कार्तिक र मंसिर महिनामा मात्र २ सय धार्नि मह उत्पादन गर्न सफल भएको वताएका छन् ।

त्यसै गरि नरबहादुर राना विगत २३ बर्ष देखि मौरी पालन पेशामा रहेका छन् । उनले खोपे घारमा ८ वटा, मुढेघारमा ८ र आधुनिक घारमा २१ वटा गरि जम्मा ३६ वटा मौरी पालि रहेका छन् । रानाले गत वर्षको कार्तिक र मंसिरमा ९० धार्नी मह उत्पादन गर्न सफल भएका थिए । त्यसै गरि राजेश विकले खोपेघारमा ६ वटा, मुढेघारमा १७ वटा र आधुनिक घारमा २ वटा गरि जम्मा २५ वटा मौरी पालि रहेका छन् भने, गतवर्ष विकले ७० धार्नी मह उत्पादन गर्न सफल भएका थिए । नैने राना विगत ३ बर्ष अगाडीवाट मौरी पालन पेशामा लागेका हुन् । उनले खोपे घारमा ३ वटा, मुढेघारमा ६ र आधुनिक घारमा १६ वटा गरि जम्मा २५ वटा मौरी पालि रहेका छन् ।उनले पनि गतबर्षमा ७० धार्नी मह उत्पादन गर्न सफल भएका थिए ।

जिल्लाको मह प्रबद्र्धन गरि, स्तरिय बजारीकरणको लागि यस बर्ष जाजरकोटले मह बर्ष मनाउन लागेको र मह बर्षको उद्घाटन मैदेमा गरिएको उद्घाटन समारोहका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताए । नेपालको मह राजधानीका रुपमा चिनिने चितवनलाई पनि महको शुद्धता र अग्रानिक महमा जाजरकोटले जित्न सक्ने प्रजिअ गौतमको भनाई रहेको थियो ।

मौरी र महको निक्कै राम्रो सम्भावना भएको जाजरकोट जिल्लामा गरिने मह प्रबद्र्धनले मानव स्वास्थ्यलाई चाहिने पोषणको पनि प्रबद्र्धन हुने बरिष्ट कृषि विबास अधिकृत डा. श्रीराम घिमिरेले वताए । उत्पादनका क्षेत्रमा जिल्लाले गुरु योजना वनाउदा मह उत्पादनलाई प्राथमिकतामा राख्नु पर्ने जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत गणेश प्रशाद खनालले वताए । मह उत्पादनले जाजरकोटलाई संसार भरिनै चिनाउन सकिनेमा अधिकृत खनालले जोड दिए ।

मह बर्ष उद्घाटनको औपचारिक कार्यक्रममा मौरी पालन किसानहरुले मौरीमा लाग्ने मैन पुतलि, मौरीका बच्चा मर्ने लगाएतका समस्याहरु रहेको वताएका थिए । समस्या समधानको लागि किसानहरुले प्राविधि सल्लाह र ज्ञान दिनु पर्ने भन्दै सरोकारवाला निकायसंग माग राखेका थिए । साथै किसानहरुले महको बजारीकरणमा सरलता ल्याउन संकलन केन्द्रको माग पनि राखेका थिए ।

विगत द्धन्दकालिन अवस्थामा माओवादी प्रभावित गाउँका रुपमा चिनिने मैदे गाउँ राज्यवाट पनि निक्कै पिडित गाउँका रुपमा प्रचित छ । विगत द्धन्दकालिन अवस्थामा यसै गाउँकी ७ बर्षिय वालिका प्रहरीवाट वलतकृत भएकी थिईन भने, यसै गाउँका झण्डै ३ दर्जन वढी नागरिकहरुले वलिदान गरेका थिए । अहिले यो गाउँ मह उत्पादन गर्ने जिल्लाको राजधानि वन्न पुगेको छ ।

जिल्लाले मह बर्षलाई ब्यापक र प्रभावकारी बनाउनका लागि यहि मंसिर १३ गते डाडाँगाउँको कल्पतमा वृहत अन्तरक्रियाको आयोजना गर्ने मुल आयोजक समारोह समितिले जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा कृषि मन्त्रालयका प्रतिनीधि, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पनि उपस्थिति रहने बताईएको छ । समितिले दिएको जानकारी अनुसार मह बर्ष भित्रै महको स्तरिय बजारीकरणका लागि किसानहरुलाई ज्ञान र प्रविधी सम्बन्धि तालिम दिईने छ । त्यसैगरि संकलन केन्द्र, कोशेलि घर निर्माण र स्थापना गरिने छ । किसानहरुको सिकाईलाई आदान पदान गराउन अन्तर जिल्लामा अवलोकन भ्रमण गराईने छ । जिल्लामा रहेका मौरी र महको तथ्याङ्क संकलन गरिने छ । मौरी तथा मह प्रबद्र्धनका लागि ५ बर्षिय रणनीति निर्माण गरिने छ ।