तुलसीपुर ४ मंसिर । तुलसीपुरमा मोटरसाईकल र गाईको बाच्छि एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् ।
सितलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ४० प ९५४५ नंबरको मोटरसाईकलले ठक्कर दिदा मोटरसाईकल चालक तुलसीपुर ६ का २२ बर्षीय सुजय न्यौपाने र सोही ठाउका २३ बर्षीय प्रदिप गौतम घाईते भएका छन् ।
घाईते मध्य चालक न्यौपानेको टाउकोमा चोट लागेको छ । गाईको बाछि भने घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । घाईते अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।











