दीपबहादुर घर्ती
जाजरकोट, ४ मंसिर । जिल्लाको भेरीमालिका नगरपालिका–१ मैदे च्याउबान्ने कि कमला नेपाली ७ बर्षिय वालिका हुन् । विद्यालय उम्मेर समुहले कमला झण्डै कक्षा २ मा पढने उम्मेरमा छन् तर, नेपाली नत उठेर बस्न सक्छिन, नत आँखा नै देख्न सक्छिन, नत बोल्न नै सक्छिन, नत आफै खाना खान नै सक्छिन । सक्छिन भने कमलाले मुन्टो रिङ्गाएर टाउको हल्लाउन, भोक लागेमा रोएको आवाज निकालेर कराउन मात्र सक्छिन ।

kuposanकमलाले आमा, बाबुको कोखवाट मानव जन्म लिनुमा कुनै दोष हैन, दोष त बाल्यकालिन कुपोषणको हो । ७ बर्ष वितिसक्दा पनि कमलाको उपचार गर्न नसक्नुमा दोष आमा, बाबाको पनि नभएर गरिबीको दोष हो । शिक्षा र स्वास्थ्यलाई नागरिक मौलिक हकका रुपमा परिभाषित गर्ने संविधानका धारा र उपधारालाई कार्यन्वयन गर्ने, गराउने राज्य र सरकारी निकायको दोष हो ।

बाल्यकालिन रहरका अनेकौं बालसुलवहरुलाई कमलाले खाली जमिनको धुलोमा घ्रिसारि रहेकि छन् । राम्रो संग कान पनि नसुन्ने कमलाको तौत र पाँखुराको गोलाई कति छ भन्ने पनि अहिले सम्म थाह छैन । ७ बर्षिय कमलाको शारिरिक बनावट हेर्दा नै हात र खुट्टाहरु सुकेका छन् । भुडी फुलेर बाहिर आए जस्तो देख्न सकिन्छ ।

आफ्नै खेतवारीवाट भएको उव्जनीले एक महिना मात्र खाना पुग्ने बुवा टेकबहादुर नेपालीले छोरीलाई बाहिर लिएर उपचार गराउन सक्ने आफ्नो आर्थिक अवस्था नभएको वताएका छन् । उपचार गराउन सक्ने आफुसंग आर्थिक अबस्था भएको भए पहिले नै उपचार गराई सक्ने चरम गरिवीमा रहेका बावु टेकबहादुर नेपालीको तर्क छ ।

जन्मेको तीन महिना पछि कमलाले आँखा देख्न छोडेको आमा सितली नेपालीले वताईन । उम्मेर वढ्दै जादा छोरीको शारिरिक विकास भएर आउला, छोरी वोल्न सक्लिन, उठेर वस्ने, हिड्डुल गर्न सक्लिन भन्ने सोचेका थियौं तर, के गर्नु छोरीको शारिरिक विकास हुन नसकेकोमा आफुहरुलाई निक्कै ठुलो पिडा भएको आमा सितलिले वताईन । उपचारका लागि पैसा नलाग्ने सरकारी जिल्ला अस्पतालमा छोरीलाई धेरै पहिला पुर्याएको तर, अस्पतालमा उपचार सम्भव नभएको भन्दै, उपचारको लागि नेपालगञ्ज जान जिल्ला अस्पताल जाजरकोटले सल्लाह दिएको बावु टेकबहादुर नेपालीले बताए ।

जिल्लामा गत बर्षको तथ्याङ्कका अनुसार १० प्रतिशत ५ बर्ष मुनिका बालबालिकाहरु कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । गत बर्ष तौल लिएका बालबालिकाहरुमा १० प्रतिशत कुपोषित बालबालिकाहरु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण फोकल प्रसन शुशिल शाहीले जानकारी दिए । शाहीले दिएको जानकारी अनुसार जिल्लामा सिघ्र कुपोषित बालबालिको अबस्था ३ प्रतिशत रहेको छ भने, मध्यम कुपोषित बालबालिकाहरुको अबस्था ७ प्रतिशत रहेको छ ।

कुपोषित बालबालिकाहरु जिल्ला अस्पतालमा उपचार गराउन आएमा एक–एक हप्तामा जाँच गर्ने गरि ४२ दिन सम्म जिल्ला अस्पतालले उपचार गर्ने पोषण श्रोत व्यक्ति शुशिल शाहीले जानकारी दिए । जिल्लामा उपचार सम्भव नभएका कुपोषित बालबालिकाहरुको लागि नेपालगञ्जमा रहेको पोषण पुर्नस्थापना गृहमा पठाउने ब्यबस्था भएको शाहीले वताए ।

उनले पोषण पुर्नस्थापन गृह नेपालगञ्जमा आमा र बच्चा दुवैलाई तीन महिना सम्म राखेर उपचार गर्ने ब्यबस्था भएको पनि वताए तर, कमला नेपाली कुनै ग्रामिण गाउँकि बालिका नभएर नगरपालीकाको वडानं–१ कि बालिका हनु । उनको उपचारका लागि जिल्ला अस्पतालमा पनि पहँुच पुग्न सकेको छैन । बाल्यकालिन पोषण सुधारका क्षेत्रमा थुप्रै गैर सरकारी संघ संस्थाहरुले जिल्लामा काम गरिरहेका छन् तर, नगरपालीकाकै एउटा वडामा रहेकि कमला नेपालीमा कसैको ध्यान पुगेको छैन । चरम गरिबी र असभ्य बानी ब्यबहारले कमलाको शरिरमा कपडा पनि छैन । नाङ्गो शरिरलाई खाली भुईमा कमलाले घिसारी रहेकी छन् ।