काठमाडौं, ४ मंसिर । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

dr-govinda-kcकनिष्ठ ब्यक्तिलाई डिन नियुक्त गरिएको भन्दै दशौं पटक अनसन थालेका केसीको स्वास्थ्य गम्भीर बनेको हो । केसीको स्वास्थ्य गम्भीर बन्दा पनि सरकारले वेवास्ता गरेको भन्दै केसी समर्थक युवाहरुले शनिवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् ।

केसीको माग पूरा गरी अनसन तोडाउन दबाब दिने उद्देश्यले विवेकशील नेपाली युवाहरुले बालुवाटारमा धर्ना दिएका थिए ।