प्यूठान, ४ मंसिर। उत्तरीपूर्वी प्यूठानका दुर्गममा पर्ने चार गाविसमा रहेका ऐतिहासिक एवम प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन हुने भएपछि स्थानीय उत्साहित भएका छन् । लिवाङ, पूँजा, रजवारा र अर्खा गाविसलाई समेटर ‘गौमुखी क्षेत्र पर्यटकीय पदयात्रा मार्ग’ निर्माण भएपछि स्थानीय उत्साहित भएका हुन् ।

20161117124422_padmarga-1-1पदयात्रा निर्माणले लिवाङको दहीहाल्ना, स्नाथान, देउतापोखरी, लालीगुराँस रङ्गशाला, मुर्चुल, पूँजाको तामाखानी, रजवाराको झाक्रीढुंगा, सानो ठूलो नाङ्गीलेक, अर्खाको गौमुखी मन्दिर, बाइसमुल झरना लगायत यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रवद्र्धन हुने स्थानीयले आशा गरेका छन् । ‘संभावना भएरपनि धेरै क्षेत्र ओझेलमा छन्’, पूँजा–३ बाग्लीवाङका स्थानीय हर्क बहादुर सुनारले भने, ‘पदयात्राले यस क्षेत्रका संभावनाहरुको प्रचार प्रसारमा सहयोग पुग्ने आशा छ ।’ दलित वस्तीको बाहूल्यता रहेको बाग्लीवाङमा छिट्टै होमस्टे सञ्चालन गर्ने तयारीमा जुटेको समेत उनले जानकारी गराए ।

ग्राामीण पर्यटकीय सम्पदाहरुको प्रवद्र्धन गर्ने उद्देश्यले ‘गौमुखी क्षेत्र पर्यटकीय पदयात्रा मार्ग’ निर्माण गरिएको पदमार्ग निर्माण मूल उपभोक्ता समितिका अध्यक्ष एवम रजवाराका स्थानीय महावीर रानाले जानकारी दिए । ‘चारओटै गाविसमा कार्य विभाजन गरी पदमार्ग निर्माण गरिएको छ’, उनले भने, ‘स्थानीयको सक्रियताले लक्ष्य भन्दा धेरै दूरीको पदमार्ग निर्माण गरियो ।’ ९ किलोमिटर दूरीको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेकोमा स्थानीयको सक्रियताले ३६ दशमलव ४ किलोमिटर निर्माण गरिएको उनले जानकारी गराए ।

‘पदमार्ग निर्माणका लागि नेपाल पर्यटन बोर्ड मार्फत २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ’, उनले भने,‘ एमालेका पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाको पहलमा बजेट परेको हो ।’ खुङ–नारीकोट र अर्खाको नाङ्गीलेकदेखि छिमेकी जिल्ला बाग्लुङको ढोरपाटनसम्मको पदमार्ग छिट्टै निर्माण गर्ने तयारी रहेको समेत उनले जानकारी गराए ।

ओखरकोटको ढाँडहुँदै लिवाङको स्नाथान, मुर्चुल र लाँलीगुरास रंगशाला घुमेर दहीहाल्नाबाट डाँडैडाँडबाट हिमाल हेर्दै पूँजाको यात्रा तय गर्नुपर्ने उनले बताए । पूँजा डाडाकटेरीबाट बाग्लवीवाङको दलित होमस्टे तामाखानीहुँदै रजबारा कालेपुनको घाँटी, झाँक्रीढुंगा भेडीगोठ, तिखाचुली–ठूलो नांगी–सानो नांगी–गरुजुरे, अर्खा–पोखरा–बाइसमूल हँदै गौमुुखी भएर अर्खा ठूलाचौर मगर होमस्टेमा बास गरी करीब एक साताको प्याकेजमा पदमार्गको यात्रा गर्न सकिने रानाले बताए ।

जिल्लामै पहिलो पटक दुर्गमका गाविसलाई लक्षित गरी पर्यटकीय पदमार्ग निर्माण भएको अनुगमन समितिका संयोजक एवं प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ‘अभियानमा समाचार छ । स्थानीयको जीवनशैली परिवर्तनमा यसले योगदान पु¥याउने छ’,उनले भने,‘गाउँलेले यसलाई आय आर्जनसँग जोडनुपर्छ ।’