नयाँदिल्ली, ४ मंसिर । कश्मिरमा चरमपन्थी सङ्गठन र पाकिस्तानी सेनासँग भिडिरहेको भारतीय सेनाले पूर्वोत्तर राज्य असममा पनि क्षति व्यहोरे‍को छ। असमको तिनसुकिया जिल्लास्थित पेङ्गरी इलाकामा शनिवार सेना र उल्फाका लडाकुबीच भएको भिडन्तमा कम्तिमा पनि तीनजना भारतीय सैनिक मारिएका छन् ।

69709708e3cc3ee89b897b95ca153aa3उल्फका लडाकूसँग भएको यो भिडन्तमा तीनजना सैनिक घटनास्थलमै मारिँदा चारजना अन्य घाइते भएका छन् । तिनसुकियाको डिगबोई इलाकामा शनिवार दिनभरी भारतीय सेना र उल्फा चरमपन्थीका लडाकूबीच भिडन्त भइरहेको छ। उल्फाका लडाकुले भारतीय सेनाको गाडीमा घरेलु बम विस्फोट गराएका थिए ।

असमका मूख्यमन्त्री सर्बानन्द सोनोवालले हमलाको निन्दा गरेका छन् । उनले गृह मन्त्री राजनाथ सिंहलाई स्थितिकोबारेमा जानकारी गराएका छन् । भारतीय गृह मन्त्री राजनाथ सिंहले असम हमलाबारे गृह मन्त्रालयले आफ्नो निगरानी गरिरहेको जनाएको छ । राजनाथ सिंहले शहीदका लागि शोक व्यक्त गर्दै घाइते जवानको चाँडै स्वास्थ्य लाभको कामना गरेका छन् ।

डीजीपी मुकेश सहायका अनुसार अहिलेसम्म कुनै आतंकवादी मारिएको पुष्टि नभएको जनाएका छन् । भारतीय सेना प्रमुख दलबीर सिंहले रक्षा मन्त्री मनोहर पर्रिकरलाई हमला र मुठभेडबारे जानकारी गराएका छन् ।