इन्द्रेणी संवाददाता

जेष्ठ ५ दाङ । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यालय दाङकाे अायाेजना, राप्ती अंचलस्तरीय पर्यटन प्रवर्धन समितिकाे अार्थिक सहयाेग तथा नेपाल पर्यटन पत्रकार संघ प्यूठान शाखाकाे संयाेजनमा यहि जेष्ठ १० र ११ गते प्यूठानको बिजुवारमा पर्यटन मैत्री तालिम संचालन हुने भएकाे छ । दुई दिनसम्म चल्ने तालिममा पर्यटनलाई व्यसायीकरण गर्न सेवामा सुधार गर्ने विषय मुख्य रहने अायाेजकले बताएको छ।

13238977_1124929310880114_5397370973237757797_nतालिममा पर्यटन मैत्री बाताबरणका लागि पत्रकाहरूलाई ईन्टरमिडियट तहकाे खाेजमूलक समाचार लेखन, पर्यटन व्यवशायीलाई सेवा सुधार र जिल्लास्थित दलका अगुवालाई पर्यटन नीति कार्यक्रम तथा दायित्व विषयमा तालिम दिईने भएको छ । तालिमकाे सहजीकरण पर्यटनविद प्राध्यापक डा शिव सुवेदी, बरिस्ठ पर्यटन पत्रकार धनिराम शर्मा (ऋतुविचार), बरिस्ठ पत्रकार सुशील पाेखरेल र पर्यटन अध्यता धनिराम याेगीले गर्नु हुने भएकाे छ । ५० जनाकाे सहभागीता रहने तालिम सहसंयाेजन एन्टाेज प्यूठान अध्यक्ष हरि भण्डारीले गर्नु हुने एन्टाेज केन्द्रीय महासचिव केशरमान विसीले जानकारी दिनु भएकाे छ ।