दाङ ५ जेठ
दलित सीप विकास संस्थाको आयोजना दाङको घोराहीमा सिलाई कटाई तालिम सुरु गरिएको छ । ब्यबस्थापीका सांसद रेखा शर्माको संसद विकास कोषको रकमबाट घोराहीमा सुरु भएको तालिमको आज औपचारीक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन गर्दै जिल्ला विकास समिति दाङका लेखा अधिकृत मेघराज शर्माले सिलाई कटाई सीप व्यावसायिक रुपमा आगडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
प्रमुख आतिथी शर्माले महिलालाई आत्मनिर्भर बनाउनका लागि १५० घण्टे तालिममले महत्वपूर्ण सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।
कार्यक्रमम बोल्दै विशिष्ट अतिथी सभासद् रेखा शर्माका संसद् विकास कोषका प्रतिनिधी एवं एमाओवादी क्षेत्र नम्बर ३ का ईञ्चार्ज लुमाकान्त न्यौपाने सागरले सिकेको सिपलाई कसैले नष्ठ गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा बोल्ने बक्राहरुले सिलाई कटाई तालिम लिनेहरुको ठुलै जमात देखिएकोे भन्दै थोरैले मात्र सिपको उपयोग गरेको बताएका छन ।
दलित सिप विकास संस्थामा उपाध्यक्ष कलकुमारी चनाराको स्वागत मन्तव्यबाट सुरु भएको थियो । दलित सिप विकास संस्थाका अध्यक्ष राधिका परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिरा सुनारले गर्नु भएको थियो ।।