काठमाण्डौ ५ जेठ
आन्तरिक द्वन्द्व र लामो प्रयास पछि विभिन्न माओवादी समूहहरु एकताको प्रयासमा ब्यस्त बनेका छन । पहिलो चरण भन्दै केहि माओबादी घटकहरुबीच भोलि एकता घोषणा हुँदैछ । पछिल्लो चरणमा कमजोर बन्दै गएका माओवादी पार्टीहरुबीचको एकताको सन्देशले धेरै माओवादी नेताहरु उत्साहित छन भने माओबादीको प्रमुख घटक मानिने एमाओबादी भित्र विवाद बढेको छ ।Flag_of_the_Communist_Party_of_Nepal_(Maoist).svg

मोहन बैद्य एकता गर्ने विषयमा पछि धकेलिए पनि पार्टीबाट करिब आधा नेता–कार्यकर्ताहरु एमाओवादी सँग एकतामा सहभागि भएका छन ।

यस्तै मातृका यादवको समूह एकता प्रक्रियाबाट नै पछि हटेको छ । अहिले ‘राष्ट्रिय स्वाधीनता होइन, गणतन्त्र कार्यान्वयन प्रमुख मुद्दा हुनुपर्ने’ र ‘मधेस आन्दोलनलाई समर्थन गर्नुपर्ने’ माग पूरा नहुने भएपछि एकता गर्न नचाहेको एकिकृत नेकपा माओबादीले बताएको छ ।

तर बादल, मणि थापा समूह र विप्लव समूहका पाँच जना नेताहरुसँग मात्र भोली औपचारिक रुपले एकता हुनेछ । एकता पछि केन्द्रीय समिति आज सम्मकै सबैभन्दा ठूलो हुनेछ भने केन्द्रीय सदस्य को को बन्ने भन्ने विवाद पनि पार्टी भित्र चर्किएको छ । अहिले ४९९ जनाको केन्द्रीय सदस्य बन्ने भन्ने सहमति छ ।

१३० जना बादल समूहबाट, १५१ एमाओवादीबाट, १५ जना मणि थापा समूह र पाँच जना विप्लव समूहबाट सोझै केन्द्रीय सदस्य हुनेछन् । पार्टीभित्र असन्तुष्टि बढे%