12809631_1094607540581808_3360493914550009013_nकाठमाडौं । मगर पत्रकार संघले केन्द्रीय समितिमा ३ जना सदस्य मनोनीत गरेको छ । बुधबार काठमाडौंमा बसेको संघको दोस्रो पूर्ण बैठकले अप्सरा समाल (उदयपुर ), डिवी मगर (ओखलढुंगा) र नवीन रानामगर (स्याङ्जा)लाई मनोनीत गरेको बैठकपछि महासचिव देव पचभैयाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले २१ जना वरिष्ठ मगर पत्रकारहरुलाई सल्लाहाकारमा चयन गरेको छ । महासचिव पचभैयाद्वारा जारी विज्ञप्तिका अनुसार उजीर मगर, नरेश खपाङ्गीमगर (बेलायत), खिलध्वज थापा, लोकदीप थापा, राधा बुढाथोकी, दिलीप थापामगर, उदय जीएम, हर्क आलेमगर, खेम सारुमगर, खेम बुढामगर, मौसम रोकामगरलाई संघको सल्लाहकारमा चयन गरिएको छ । त्यसैगरी गिरि श्रीसमगर, तिलक पुनमगर, दुत पुनमगर (बेलायत), जेबी पुनमगर (हङकङ), धनबहादुर मगर, उमा मगर, प्रदीप थापामगर (अमेरिका), बालकृष्ण काउछामगर, सुरेन्द्र थापामगर र भरत जर्घामगरलाई पनि संघले सल्लाहकारमा राखेको छ ।

संघको बैठकले अनुशासन समितिको संयोजकमा उदय जीएम र लेखा समिति संयोजकमा सन्त गाहामगरलाई चयन गरेको महासचिव पचभैयाले जानकारी दिए । त्यसैगरी बैठकले संघको तदर्थ समिति गठन भइसकेका जिल्लाहरुमा आगामी ३ महिनाभित्र अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्ने र तदर्थ समिति नभएका जिल्लाहरुमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले मगर पत्रकारहरुलाई पुरस्कृत गर्न, क्षमता अभिवृद्धि गर्न र उपचारका लागि “मगर पत्रकार अक्षय कोष” स्थापना गर्ने निर्णय गरेको पनि महासचिव पचभैयाले जानकारी दिए । संघका अध्यक्ष मनोज घर्तीमगरको अध्यक्षमा बसेको बैठकले संघले स्थापना गर्ने कोषमा सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गरेको छ ।