इन्द्रेणी संवाददाता
लक्ष्मीपुर , ५ जेठ
दाङको लक्ष्मीपुर –गो ग्ली सडकको स्तरोन्नती गरिएको छ । लक्ष्मीपुर –गोग्ली जोड्ने तीन किलो मिटर सडक स्तरोन्नती गरिएको हो । गाविसको दुई लाख ३० हजार रुपैयाँ र स्थानीयको श्रमदानमा सडक विस्तार भएको हो ।sadak

स्थानीय भीमबहादुर सार्कीको अध्यक्षतामा सडक मर्मत तथा निर्माण उपभोक्ता समिति गठन गरी सडक स्तरोन्नतिको काम सम्पन्न भएको हो । लक्ष्मीपुर गाविसको ४ र ९ नम्बर वडालाई जोड्ने एक मात्र मध्य मार्गीको रुपमा रहेको उक्त सडकको २१ दिनमा निर्माण सम्पन्न गरिएको अध्यक्ष सार्कीले जानकारी दिनुभयो ।

अत्यन्त जीर्ण अनि साँघुरो भएका कारण यातायातका साधनहरु सञ्चालन गर्न मुस् िकल हुँदै आएको सडकलाई विस् तार गरेर सात मिटर फराकिलो बनाइएको छ । सडकको दुबै तर्फ एक–एक मिटरको नाला निर्माण तथा ग्रावेल गर्ने र पानीको निकासका लागि छ वटा ह्युमपाइप बिच्छ्याउने कार्य सम्पन्न भएको सचिव यशोदा आचार्यले बताउनुभयो ।

सडकको स्तरोन्नति भएपश्चात वडा नं ४ को गो ग्ली, गुराघाटी, ७ को भकारे, वडा नं ८ को झुम्के टारी, ९ को लक्ष्मीपुर , स्यालापानी, फुल्ले डाँडा, सिँगारुटो ललगायत १० गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।।