शोभा रावत / तुलसीपुर १ मंसिर । पैदल यात्रुलाई लक्षित गरि संचालन गरिएका तुलसीपुर बजारका सार्बजनीक सौचालय हाल प्रयोग बिहिन भएका छन् । तुलसीपुरमा स्थापन भएका तीन वटै सौचालय बिगत दुई बर्ष देखी प्रयोग बिहिन छन् । सौचालय संचालनमा नआउँदा पैदल यात्रीहरु खुल्ला रुपमा दिशा पिसाब गर्न बाध्य छन् ।
सल्यान कपुरकोटबाट तुलसीपुर झरेका सन्तोष रावतलाई पिसाब लाग्यो तर उनी पिसाब गर्न सार्बजनीक सौचालयमा गए । तर बन्द थियो । उनी उनले सार्बजनीक सौचालयकै पछाडि गएर खुल्ला रुपमा पिसाब गरे । उनले भने ‘ सार्बजनीक सौचालय खुल्ला होला भन्नेको त बन्द रहेछ , मलाई पिसाबले चापेको थियो । अनी सौचालयको पछाडि गएर पिसाब गरेँ । ’
सार्बजनीक सौचालय संचालनमा नआउँदा पैदल यात्रुहरुलाई निकै मर्कामा पार्ने गरेको छ । घोराहीबाट आफ्नो कामका लागि तुलसीपुर आएका रमित ओलीलाई सौच गर्न मनलाग्यो । सौच गर्न उनी सार्बजनीक सौचालय गए तर सौचालय बन्द थियो । उनी सौच गर्न पनि होटेलमा गए । तर होटेलमा पनि उनलाई साहुजीले सौच गर्न दिएन् । साहुजीले भने कि त खाना खानु प¥यो भनेर थर्काए । ’
उनी उनी खुल्ला रुपमा गएर सौच गर्न बाध्य भएको उनले बताए । यसरी खुल्ला रुपमा दिशा पिसाब गर्नले खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको दाङलाई गिज्जाई रहेको छ ।
बाहिरी जिल्ला तथा ग्रामिण क्षेत्रबाट बजार आएका नागरिकहरुलाई मध्यनजर गरी बनाईएका सौचालय सञ्चालनमा नआउदा अधिकांस नागरिक खुल्ला रुपमा दिशा पिसाब गर्न बाध्य हुँदै आएका छन् । खुल्ला रुपमा पिसाब गर्दा सार्बजनीक सौचालय रहेको सल्यान रोडको पछाडि अरणीको मैदान दुर्गन्धित बनेको छ ।
तुलसीपुरका बासिन्दाले नगरपालिकाले कुनै पनि चासो नदिँदा लामो समय देखी सार्बजनीक सौचालय प्रयोगमा नआएको आरोप लगाए । यता तुलसीपुर नगरपालिकाले भने तुलसीपुरका सबै सार्बजनीक सौचालय छिटै संचालनमा आउने जनाएको छ । तुलसीपुर नगरपालिकाका कार्याकारी अधिकृत टोपेन्द्रका अनुसार अब १५ दिन भित्रै सार्बजनीक सौचालय प्रयोगमा आउने छन् । नगरपालिका भित्रको पार्कलाई ब्यबस्थित गरी त्यस स्थानमा चमेना गृह पनि संचालनमा ल्याउने अधिकृत केसीले बताए ।राप्ती समाचार
