रामकुमार लामिछाने
20161111081052_clipboard23भनिन्छ, जीवनमा सिक्ने काम कहिल्यै सकिँदैन । मानिस स्वभावैले जिज्ञासु प्राणी हो । सभ्यताको आदिम युगदेखि नै मानिसले नयाँ कुरा सिक्ने क्रम जारी राख्यो । मानिसको यही स्वभावले नै विश्व आजको अवस्थामा आइपुगेको हो । समयको माग र परिवर्तनसँगै दिनप्रतिदिन सिक्ने दायरा फराकिलो हुँदै गएको पाइन्छ ।

सिक्नु भनेको कुनै पनि विषयमा ज्ञानशीप हासिल गर्नु हो । यस्तो शिक्षा दुई तरीकाले आर्जन गर्न सकिन्छ, एउटा औपचारिक र अर्को अनौपचारिक । शिक्षाजस्तै कुनै पनि कुरा विद्यालय, कलेज वा सम्बन्धित शिक्षण संस्थामा सिक्नु औपचारिक सिकाइ हो भने व्यक्तिविशेष, पुस्तक, रेडियो, टेलिभिजन, तालीम, ब्लग, यूट्युबलगायत माध्यमबाट सिक्नु अनौपचारिक सिकाइ हो ।

अधिकांश मानिस केही नयाँ कुरा सिक्न त चाहन्छन् तर उनीहरू यसका लागि समय व्यवस्थापन गर्न सक्दैनन् । कुनै पनि कुरा सिक्न निश्चित समय, स्थान, सङ्गत र वातावरण हुनुपर्ने उनीहरू ठान्छन् । तर, वास्तविकता भने यो होइन । सिक्नका लागि इच्छाशक्ति नै महत्त्वपूर्ण हो । हामीले चाह्यौं भने थोरै समयमा पनि धेरै राम्रा र महत्त्वपूर्ण शीप सिक्न सकिन्छ । यदि तपाईंसँग दिनमा आधा घण्टा, १ घण्टा वा योभन्दा बढी समय त्यसै खेर गइरहेको छ र त्यो समयको राम्ररी सदुपयोग होस् भन्ने चाहनुहुन्छ भने तपाईंका अगाडि केही सिक्ने सम्भावना र अवसर प्रशस्त छन् । आखिर थोरै समय दिएर पनि केही दिन, हप्ता वा महीनामा सिक्न सकिने शीपहरू केकस्ता छन् त ? यहाँ तिनै विषयबारे चर्चा गरिएको छ :

कुकिङ
तपाईं गृहिणी हुनुहुन्छ भने यो शीपको अति नै महत्त्व हुुन्छ । सामान्य दिनमा तपाईंले यत्तिकै पनि विभिन्न परिकार बनाउने गर्नुभएकै होला । तर, तपाईंले कुनै पनि ट्रेनिङ इन्ष्टिच्युटमै गएर पाककलाको ज्ञान लिनुभयो भने तपाईंको पकाउने शैलीमा ठूलै परिवर्तन आउनेछ । यस्तो शीप हासिल गर्दा तपाईंको समयको सदुपयोग त हुने नै भयो, मीठा र नौला परिकारले स्वागत गर्दा घरमा आउने पाहुनाले समेत तपाईंको खुलेर प्रशंसा गर्नेछन् । कूकको ट्रेनिङले तपाईंको घरमा बेलाबखत हुने तिथि, चाडपर्व, उत्सवहरूमा समेत धेरै मद्दत पुग्नेछ ।

ड्राइभिङ
मानिसको व्यस्त जीवनशैलीका कारण सवारीसाधन चलाउनु बाध्यता नै बनेको छ । यो समयको माग पनि हो । तसर्थ आफ्नो फुर्सदको समयलाई स्कूटी, मोटरसाइकल, गाडीलगायत सवारी चलाउन सिक्दा फलदायी नै हुन्छ ।

सिलाइबुनाइ
यो पनि विशेषगरी महिलाहरूका लागि उपयुक्त शीप हो । खाली समयमा यस्तो शीप सिक्दा घरका फाटेका, उध्रिएका लुगाकपडाको सदुपयोग गर्न सकिन्छ । त्यस्तै, विभिन्न खेलौना, सजावटका वस्तुहरू पनि बनाउन सकिन्छ । तपाईंले यो शीप बढी नै समय दिएर राम्ररी सिक्नुभयो र व्यवसाय नै गर्न चाहनुहुन्छ भने यो महत्त्वपूर्ण हुनेछ । बचेको समयमा सिलाइकटाइ सिकेर स्वरोजगार उद्यमी हुने महिलाहरू हाम्रो समाजमा धेरै छन् ।

चित्रकला/पेण्टिङ
तपाईंका घरकोठाका भित्तामा पनि चित्र तथा पेण्टिङहरू होलान् । ‘मूडअफ’ भएका बेला तिनमा हाम्रो दृष्टि प¥यो भने कति फ्रेश भइन्छ ? पक्कै पनि अनुभव गर्नुभएको होला । अनि यस्ता चित्रले पाहुनाको ध्यान आकर्षित गरेको पनि पाउनुभएको होला ।

हो, यदि तपाईंले सानोतिनो समय पनि यस्तै शीप सिक्न खर्चनुभयो भने सर्जक तपाईं आफै बन्नुहुनेछ । यसरी प्रयासको रूपमा सिकेको शीप भोलि तपाईंको करीअर नै पो बन्छ कि ! त्यसो नभए पनि तपाईंले आफू र आफ्ना नजिकका आफन्तका लागि चित्र/पेण्टिङ बनाइदिन वा गिफ्टको रूपमा दिन सक्नुहुन्छ । यो शीपले मानिसलाई आफैमा रमाउने बनाइदिन्छ ।

साहित्य रचना
रेडियो, टेलिभिजन, फेसबूकलगायत माध्यममा तपाईंले गीत, कविता, गजल, मुक्तक आदि सुन्नु/पढ्नुभएको होला । कहिलेकाहीँ आफैलाई पनि त्यस्तो सृजना गर्न पायो हुन्थ्यो भन्ने लागेको होला । अब चिन्ता नमान्नुहोस् । खाली समयमा सानो नोटबूक र कलम लिएर बस्नुस्, शान्त हुनुस्, भावना र विचारको गहिराइमा डुब्नुस् अनि तिनै कुरालाई गीत, कविता, कथा आदि स्वरूप दिनुस् । पहिलो, दोस्रो प्रयासमा रचना पूरा हुन नसके पनि नियमित यसो गर्दै जाँदा तपाईंलाई लेख्ने बानी पर्छ । साहित्य भन्ने कुरा प्रतिभा मात्र नभएर लगाव र साधना पनि हो । त्यसैले तपाईं पनि एक दिन अवश्य राम्रा रचना गर्न सक्ने हुनुहुनेछ । अहिलेको आधुनिक र प्रतिस्पर्धी सञ्चारमाध्यमको युगमा तपाईंका सृजना उजागर गर्न पनि समस्या छैन । माथि भनिएझैं, एफएम रेडियो, फेसबुक, ब्लगलगायतको माध्यमबाट ती सबैका सामु पुग्न कत्ति पनि बेर लाग्दैन । साहित्यिक सृजना आयआर्जनको बाटो नबने पनि तपाईंको परिचय भने फराकिलो बनाउन सहयोगी हुन्छन् ।

योगा तथा ध्यान
स्वस्थ रहन योगा तथा ध्यानको महŒवपूर्ण भूमिका हुन्छ । योगाले विशेषगरी हाम्रो शारीरिक स्वास्थ्यलाई लाभ पु¥याउँछ भने ध्यानले मानसिक स्फूर्ति र तन्दुरुस्ती प्रदान गर्छ । तपाईंलाई योगासन तथा ध्यान गर्ने तरीका थाहा छैन भने खाली समय यी कुरा सिक्न लगाउन सक्नुहुन्छ । व्यक्तिको शारीरिक अवस्थाअनुसार गर्न मिल्ने योगासनहरू धेरै छन् । सम्बन्धित गुरु तथा योग प्रशिक्षकले यसबारे बताइदिन्छन् । त्यस्तै, ध्यानका प्रकारहरू पनि धेरै छन् । यी कुरा आफू सिकेर अरूलाई पनि सिकाउन सकिन्छ । यसो गर्दा तपाईंको दक्षता बढ्छ भने यसबाट प्रसिद्धि र पैसा पनि आर्जन गर्न सकिन्छ ।      अभियान दैनिक