इन्द्रेणी संवाददाता
दाङ, १ मंसिर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्चदारले ठूला राजनीतिक दलले नेपालको राजीनित विगारेको आरोप लगाएका छन् । अहिले राजनीति अत्यन्त खरावमा पुगेको भन्दै यसको जिम्मेवारी ठूला तीन दलले दिनुपर्ने बताए ।

dscn0518‘नेपालको राजनीति अत्यन्त विग्रीएको छ, यो कसले विगारे भन्दा जसले शासन गरे तीनैले विगारेका हुन्’, जनअधिकार फोरम केन्द्रीय प्रशिक्षण विभागको आजदेखि दाङको घोराहीमा शुरु भएको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै भने, ‘यसको पूरै जिम्मा लिनुपर्छ ।’

तीन ठूला राजनीतिक दललाई चनौती दिदै अध्यक्ष गच्छदारले अहिलेको विग्रेको राजनीति आफूले सपारिदिने दावी गरे । ‘हाम्रो पार्टीले पहिले पनि विगरेको अवस्थालाई बनाउदै ल्याएको हो, अब पनि यो विग्रेको राजनीतिलाई म बनाइदिन्छ’, गच्छदारले आफू र आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्दै भने, ‘तपाइँहरु मलाई साथ दिनुहोस् यो विग्रेको राजनीतिलाई म बनाइदिन्छु यो चुनौती दिन चाहान्छु ।’

dscn0530संविधान संसोधनको विषयलाई चर्चा गर्दै अध्यक्ष गच्चदारले दलिय सहमति विना संसोधनको काम अघि नवढ्ने बताए । अहिले मुख्य तीन दल आ–आफ्नो तर्फ मुख फर्काइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा संविधान संसोधन सम्भव नभएको र संसोधन विना वर्तमान समस्याको समाधान नहुँने बताए । उनले संसोधनबाट प्रदेशको सिमाङनमा हेरफेर गर्नुपर्ने उनको धारण छ ।

फोरम लोकतान्त्रिक मधेसीहरुको मात्रै पार्टी नभएको र यसलाई तराइृँ, पहाड र हिमालको चुचुरोसम्म फैलाउने दावी गर्दै प्रमुख अतिथि अध्यक्ष गच्चदारले विकासका धेरै आश्वासन वाँडन भ्याए । उनले अब फोरम लोकतान्त्रिकको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र मात्रै भएको समेत दावी गरे ।