रुपन्देही, १ मंसिर । रुपन्देहीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बाँके नेपालगञ्जका २० वर्षे बिशाल सुनार र सुरेन्द्र लामा ब्राउन सुगर सहित पक्राउ परेका हुन ।
राति भे ६ प १७७२ नम्वरको मोटरसाइकलमा आइरहेका उनीलाई शंका लागेर खानतलास गर्दा ब्राउन सुगर, नाइट्रोभेट, कोरेक्स फेला परेको प्रहरीले जनाएको छ ।











