काठमाडौं, १ मंसिर । अकुत सम्पत्तिसम्बन्धी परेको मुद्दामा विवादास्पद निलम्वित सांसद ल्याहाक्याल लामालाई विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, सदस्य प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दावी गरे जस्तो उनले अकुत सम्पत्ति नकमाएको ठहर गर्दै सफाइ दिएको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले बताए ।
विशेष अदालतले लामाबाट पेश भएको आम्दानी विवरणमा संलग्न प्रमाणका आधारमा श्रोतलाई अवैध भन्न नमिल्ने ठहर गरेको हो । लामाले हजिो मात्रै अदालतबाट सफाइ पाएका हुन् ।
अख्तियार माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैयाँ ४७ पैसा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको थियो ।











