इन्द्रणी संवाददाता

घोराही, १ मंसिर । अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पस कमिटीको बैठक आज सम्पन्न भएको छ । बैठकले क्याम्पसमा पहिलेदेखिका अराजक गतिविधि रोक्न आग्रह गरेको छ । साथै त्यस्ता क्रियाकलाप नरोके तत्कालै आन्दोलन गर्ने चेतावनि दिइएको छ ।

15135709_1253639994699337_2132120021_nयस्तै बैठकले क्याम्पसमा आगन्तुक विद्यार्थिहरु लाई स्वागत गर्ने , सिफ्ट कमिटिहरु पर्नगठन गर्ने निर्णयहरु गरेको छ । कमिटिका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता तथा राष्ट्रिय परिषद् सदस्य दिपक परियारको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष सर्जन्न परियारको विशिष्ट आतिथ्यमा बैठक बसेको थियो ।

सो अवसरमा कमिटिका कोषाध्यक्ष माधव केसी , संगित अधिकारी, मुकुन्द न्यापाने आ–आफ्नो विचार व्यक्त गरेका थिए ।