५ जेठ, काठमाडौं ।
संघीय गठवन्धनले विभिन्न माग राखी सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिको वैठकले थप जेठ ६ गते देखि १७ गतेसम्मको आन्दोलन कार्यक्रमसमेत तय गरेको छ । hhhhhhhh

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसेको थियो । वैठकले आफ्ना मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा आन्दोलन जारी राख्ने निर्णय गरको हो ।

घोषित आन्दोलनमा काठमाडौंका विभिन्न सडकमा जुलुस निकाल्ने कार्यक्रमलाई जोड दिइएको छ । जेठ १६ र १७ गते क्रमशः विरगञ्ज र पोखरामा आमसभा गरिने छ । जुलुस तथा सभाहरुका लागि गठवन्धनभित्र रहेका दलहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

आन्दोलन कहाँ कहिले ?

जेठ ६ गते

कार्यक्रम स्थल–मंगलबजार दरबार, समय ४ बजे ।
जुलूसका निकाल्ने स्थान ः लगनखेल ।

जेठ ७ गते

कार्यक्रम स्थल–नयाँ बानेश्वर, समय ४ बजे

जेठ ८ गते

कार्यक्रम स्थल– स्वयम्भू, समय ३ बजे ।
जुलूस निकाल्ने स्थानस् सीतापाइला चोक

जेठ ९ गते

कार्यक्रम स्थल– चावहिल चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थानस् जोरपाटी र गौशाला

जेठ १० गते

कार्यक्रम स्थल–कीर्तिपुर–नयाँ बजार, समय ४ बजे
जुलूस निकाल्ने स्थान ः टियु गेट

जेठ ११ गते

कार्यक्रम स्थल– भक्तपुर–न्यातपोल, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान ः भक्तपुर बसपार्क

जेठ १२ गते

कार्यक्रम स्थल– बालाजु वाइपास, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान ः बालाजु चोक, ३ बजे

जेठ १३ गते

कार्यक्रम स्थल– कलंकी चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान ः सोल्टी मोड

जेठ १४ गते

कार्यक्रम स्थल– मध्यपुर ठिमी, समय ४ बजे ।
जुलूस निकाल्ने स्थानस् शंखधर साख्वाः चोक

जेठ १५ गते

कार्यक्रम स्थल– बसन्तपुर– जुद्ध शालिक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थल ः असन र लगनटोल

जेठ १६ गते

वीरगञ्ज र्¥याली एवं विरोध सभा
व्यवस्थापनस् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

जेठ १७ गते

पोखरा र्¥याली एवं विरोध सभा
व्यवस्थापन ः तमुवान संयुक्त संघर्ष समिति